किसान बहुउद्देश्यीय सहकारी संस्था ३१ औं वार्षिक साधारण सभा सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । लम्कीचुहा–१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनी शाखाले आफ्नो ३१ औं वार्षिक साधारण सभा तथा ईकाइ भेला सम्पन्न गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सभा कक्षमा किसान बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनी शाखाले आफ्नो ३१ औं वार्षिक साधारण भब्यताको साथ सम्पन्न गरेको किसान बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख लोकेन्द्र गौतमले जानकारी दिनुभएको छ् । शाखा प्रमुख लोकेन्द्र गौतमले ३० औं वर्ष सम्मको यात्रामा साथ, समर्थन र शुभेच्छा राख्नुहुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर समर्थन र शुभेच्छाको अपेक्षा प्रकट गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा शाखा कार्यालय स्थापना गरि ८० वटा समुह, १७ सय शेयर सदस्य मार्फत आधुनिक वित्तीय सुविधा सहितको बचत तथा ऋण सेवा, शिक्षा, कृषि उत्पादन, सिपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार ३ सय शेयर पुँजी संकलन गरी संस्थाको स्थापना भई सेवा सञ्चालन गरेको संस्थाले स्थापनाको ३० वर्ष पुरा गर्दा संस्थामा ९१ हजार ७ सय २३ सदस्य जोडिएको किसान बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख लोकेन्द्र गौतमले बताउनुभयो ।

साधारण सभामा उत्कृष्ट शेयर सदस्य, समुह, किसान, बिद्यार्थी र सहयोगीलाई सम्मान गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– २ वडाध्यक्ष पदम रावलले संस्था ३१ औं वार्षिक साधारण सभाको शुभकामना व्यक्त गर्दै संस्था समुदाय–केन्द्रीत उद्देश्यका साथ अगाडि बढिरहेकाले समुदायको निरन्तर साथ र विश्वासले नै संस्थाको प्रगति गर्दैै गएको बताउनुभयो ।

जस अनुसार संस्थाले आगामी वर्षहरुमा वित्तीय उद्देश्य संग–संगै सामाजिक उद्देश्यलाई समेत प्राथमिकतामा राखेको छ । हाल सम्म संस्थाले आफ्ना सदस्यलाई २९ करोड रुपैयाँ गैरवित्तीय सुविधा मार्फत वितरण गरिसकेको, जसमा सुत्केरी स्याहार देखि काजकृया खर्च भुक्तानी र प्रकृतिक प्रकोप देखि गम्भिर रोगको उपचार गर्नका लागि सदस्यहरुले सुविधा प्राप्त गरेका बताईएको छ् ।

 

 

ताजा समाचार

spot_img