कञ्चनपुर: कञ्चनपुरमा पनि महिला हिन्सा बिरुद्धको १६ दिने अभियान समापन गरिएको छ । जिल्लाका ९वटै पालिकाहरुमा विवित हिन्सा बिरुद्धको कार्यक्रम संचालन गरेर हिन्सा बिरुद्धको १६ दिने अभियान समापन गरिएको हो ।
बुधबार एक कार्यक्तमका विच जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी, लालझाडी गाँउपालिकामा विवित कार्यक्रम गरेर अभियान समापन गरिएको जनाएको छ ।

गैसस महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले गैरसरकारी संस्था सहितका सरकारी निकायबाट संयुक्त रुपमा कार्यक्रम गरेर महिला हिन्सा न्यूनिकरणका लागि अभियान थालिएको बताए । अभियान समापन गर्र्दै भीमदत्त नगरपालिकाले आत्मनिर्भर बनेका महिलाहरुलाई सम्मान गरेको छ । कविता भट्ट, पार्वती भट्ट, कल्पना बुढा, तुलसी पाण्डेय, राधा नेपाली सहितका आत्मनिर्भर बनेका महिलाहरुलाई सम्मान गरिएको हो । जिल्लाका अधिकारकर्मी महिलाहरुले अभियान मात्रै नभई निरन्तर महिला हिन्सा बिरुद्ध कार्यक्रम संचालनमा जोडदिदै समानता, समावेसी समुदाय बनाउनुपर्नेमा जोडदिएका छन ।

महिला अगुवा भगवती थापाले संविधानमा उल्लेख भएका महिलाका हक अधिकार मध्ये पालिकामा उपमेयर महिला मात्रै उम्मेदवार बनाउने संस्कार हटाउनुपर्ने सुझाव दिईन । अर्की अधिकारकर्मी माया नेगीले संविधान अनुरुप महिलाका हक अधिकार अक्षेरस कार्यान्वयनमा जोडदिएकी छिन । भीमदत्त नगरकी उपमेयर निलम लेखकले महिला हिन्सामुक्त पालिका बनाउन निरन्तर कार्यक्रम संचालन गरिने बताएकी छिन ।







