एनएनएसडब्ल्यूएद्वारा माछा व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन सम्बन्धी तालिम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरमा माछा व्यवसायीहरुका लागि व्यवसाय सञ्चालन सिप विकास तालिम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाअन्तर्गत मंगलवार एनएनएसडब्ल्यूए सभा हलमा एक दिने माछा व्यवसाय सञ्चालन सम्बन्धी तालिम आयोजना गरिएको हो । तालिममा स्थानीय माछा व्यवसायीहरु, उद्यमी तथा सामुदायिक प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुलाई माछा पालन, उत्पादन, बजार व्यवस्थापन, रोग नियन्त्रण, आय तथा उत्पादन वृद्धि, आपूर्ति शृंखला व्यवस्थापन लगाएतका प्राविधिक तथा व्यवसायिक सीपहरु बारे विस्तृत जानकारी प्रदान गरिएको छ् ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा सन् २०२२ देखि निरन्तर कार्य गरिरहेको बताउनुभयो । उहाँले विपद्को उच्च जोखिममा रहेका २० जना माछा व्यवसायीहरुलाई लक्षित गरिएको यस तालिमले उनीहरुलाई दीगो व्यवसाय सञ्चालनका लागि आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

उहाँका अनुसार, “माछा पालनलाई दीगो आय स्रोतमा रुपान्तरण गर्दै समुदायमा रोजगारी, आय र पोषणका सुरक्षित विकल्पहरु सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य हो ।” तालिमका प्रशिक्षक भीमराज भण्डारीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका माछा व्यवसायका लागि अत्यन्त उपयुक्त क्षेत्र रहेको उल्लेख गर्दै, स्थानीय कृषकहरु यो पेशामा सक्रिय भए पनि प्राविधिक ज्ञानको अभावले चुनौती व्यहोर्नुपरेको बताउनुभयो । “आजको तालिममा आवश्यक प्राविधिक पक्षहरु बारे विस्तृत छलफल गरियो, जसले आगामी दिनमा सहभागीलाई व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो ।

त्यसैगरी, सहभागी रञ्जु बम गिरीले तालिमले आफ्नो व्यवसायलाई व्यवस्थित ढंगले अघि बढाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरेको बताउनुभयो । सुदृढ परियोजनाले जोखिममा रहेका समुदायहरुको जीविकोपार्जन सुरक्षित गर्न जलवायुमैत्री कृषि प्रणाली प्रवद्र्धन गर्दै आएको छ् ।

परियोजना अन्तर्गत राना थारु कृषि पर्यटन सहकारी मार्फत होमस्टे प्रवद्र्धन तथा तरकारी खेतीलाई सहयोग, सहकारी र कृषि समूहहरु मार्फत आयआर्जनका अवसर सिर्जना, व्यावसायिक तालिम र वित्तीय साक्षरता मार्फत समुदायको आर्थिक आधार सुदृढ बनाउने कार्य भइरहेको छ् ।

ताजा समाचार

spot_img