दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकामा गएको २० गते देखि सञ्चालन भएको सिमान्त गुरुले सञ्चालन गरेको अलौकिक मनोबैज्ञानिक स्वास्थ्य शिविरको सञ्चालनको लागी अनुमती प्रदान बिषयमा आफु अनबिज्ञ रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रद्धार हस्ताक्षर गरिएको अलौकिक मनोबैज्ञानिक स्वास्थ्य शिविर सञ्चालनको लागी आफु अनबिज्ञ रहेको उहाँले बताउनुभएको मेयर किशोर कुमार लिम्बुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा २ पटक लेख्दै नगरपालिका कार्यालय शिविर सञ्चालनको लागी अनुमती दिएको अनबिज्ञता प्रकट गर्नुभएको छ् । अनुमती दिने काम आफ्नो अनुपस्थिती र आफुलाई जानकारी नगराई गराईएको उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ् ।


‘धान खाने मुसा चोट पाउने बिरालो झै भएको अनुभव गर्न मलाई आज बाध्य गराउनुको पछाडी कसले के भुमिका खेलेको रहेको छ अब बाहिर ल्याउन जरुरी देख्दैछु । मेरो अनुपस्थितीमा मलाई जानकारी समेत नगराई यस्तो दुई किसिमको पत्र कसरी लेख्न प्रमुख प्रशासकीय अधिकृत तयार भयो ? कसैको दबावमा हो, या डर त्रासमा लेखियो ? आयोजक र हाकिम दुबैले यो कुरा म संग लुकाउनुको कारण के थियो ? यो कुरा मलाई जानकारी नभएकै कारणले जब २० गतेबाट शुरु भएको कार्यक्रमको बारेमा चौतर्फी प्रश्नहरु मलाई सोध्न थालियो । आफू १७ गते धनगढीमा अस्पतालमा भर्ना भए देखि नगरपालिकामा नगएकोले मलाई २० गतेबाट भैरहेको कार्यक्रमको बारेमा आधिकारिक जानकारी मलाई छैन् । मैले अनुमती पत्र लेखेर हस्ताक्षर गरेर दिएको पनि छैन् भनेर सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएको थिए ।

सामाजिक संजालमा कुराहरु उठन थालेपछि आफू बिरामी भएकोले मैले हाकिम सरलाई अनुमती दिनु भएको हो कि नाई भनेर सोध्दा पनि सरले अनुमती दिएको होईन् अध्यक्षज्युले आजै अहिलै लेखिदिनु पर्यो भने पछि सुरक्षा व्यवस्थापनको बारेमा सिफारिस पत्र मात्र लेखेर दिएको हो भनेर भन्नू भएको थियो । आज मात्र म, नगरपालिकामा गएपछि थाहा भयो कि, यसरी दुई किसिमको पत्र लेखीएको रहेछ् । सुरक्षा व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालयलाई आयोजक आफैले लेख्नु पर्ने पत्र नगरपालिकालाई किन लेख्न पठाईयो ? २/२ वटा पत्र नगरपालिकाबाट लेखेर दिएको र लेगेकोमा म, नगर प्रमुख मलाई किन एउटा सिफारिसको पत्र मात्र लेखिदिएको हो भनेर झुट बोल्ने काम गरियो ? सिडियो सरले फेरि अनुमती दिन नमिल्ने विषय भएकोले मैले चाहि दिएको छैन् ।

तर अध्यक्षले बोल्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएको भनेर भाषणमा झुट बोलेको प्रमाण आफू संग भएकोले नगरपालिकाबाट दिएको अनुमतीनै कानून विपरित रहेको जानकारी गराउनु भएको छ् । स्वास्थ्य शिविर भनेर झारफुकबाट बिरामीको उपचार गर्नुनै कानून विपरित कार्य भएकोले रोकिएको जानकारी गराउनु भएको छ् । २० गतेको कार्यक्रमको लागि अनुमती ५ गते दिने र लिने काम भएको छ । तर जानकारी लुकाउने काम किन गरियो ? क–कसले कुन कुन उदेश्यले नगरपालिका भित्र के–के कामहरु गर्नु हुन्छ जानकारी गराउनु हुदैन । दुई दिन सम्म चलेको कार्यक्रम जिल्ला प्रशासन कार्यालयले नगर प्रमुखको असहमतीको कारण देखाएर अचानक रोकेको हो भन्छ् भने आयोजकले कार्यक्रम चलाउदा मेरो कुनै आपत्ती नरहेको र पुन: सुचारु गर्न सक्ने जानकारी गराउन चाहान्छु ।
कार्यक्रम रोक्नुको कारण सम्बन्धित कार्यालयले स्पष्टरुपमा दिनु पर्छ । नगरप्रमुखको कारण देखाएकोमा नगरप्रमुख आफै बोल्ने छ् म ठिक भैसकेको छु । जब काम कुरो बिग्रिन्छ अनि दोष नगर प्रमुख माथी लगाउछन् र ऐन कानून मिचेर भए पनि अर्थात जसरी पनि समाधान गरिदिनु पर्ने भनेर दबाव आउछ भने खुकुरीको अचानो बन्न के बुद्धिमानी होला र ?’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् ।






