भिजिट भिषा प्रकरणमा रमेश लेखकको संलग्नता देखिएनः अख्तियार

महेन्द्रनगर: भिजिट भिषा प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ ।
नेपाली कांग्रेसका प्रभावसाली नेता समेत रहेका तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि षड्यन्त्र रच्दै दैनिक रु ५० लाख संकलन हुने गरेको निराधार आरोप लगाइएको थियो ।
सोही विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले महिनौ सम्म संसद अवरुद्ध गर्दै राष्ट्रिय राजनीतिमा भिजिट भिषा प्रकरण अनाहक उचालेको थियो । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा जेल चलान गरिएको विषयमा प्रतिशोध साध्न रास्वपाले भिजिट भिषा प्रकरणलाई उचालेको थियो । तत्कालीन गृह मन्त्री लेखकको हालसम्मको अनुसन्धानमा कहिकतै संलग्नता नदेखिएको अख्तियार स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । उनीसहित केही कर्मचारीमाथि मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।
“ भिजिट भिसा प्रकरणमा लेखकको कनेक्सन नै देखिएन ।” अख्तियार स्रोतले भन्यो–“ उक्त प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान गरियो ।”
लेखकको कनेक्सन कतैबाट पनि फेला नपरेकाले उनीसँग बयान नलिएको र प्रतिवादी पनि नबनाउने अख्तियार स्रोतको भनाइ छ ।
“ हामीले प्रतिवादी बनाउन चाहेर मात्रै भएन। कनेक्सन पनि देखिनु प¥यो। प्राविधिक उपकरण र अभिलेखहरुबाट उहाँको संलग्नता देखिएन। अनुसन्धानमा तानिएका अन्य प्रतिवादीले पनि उहाँलाई पोलेर बयान दिएनन्”, अख्तियार स्रोतले भन्यो, ‘कतैबाट पनि नजोडिएकाले उहाँसँग बयान लिएनौँ र प्रतिवादी पनि बनाउँदैनौँ।’

जेनजी आन्दोलनअघि लेखकलाई भिजिट भिसा प्रकरणको अनुसन्धान दायरामा ल्याउन माग गर्दै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गर्दै आएका थिए । सरकारले असारमा नै पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन र लेखकको राजीनामा माग गर्दै आएका थिए । अख्तियारले भने त्यसअघिबाट नै भट्टराईसहितका कर्मचारी, ट्राभल कम्पनीका सञ्चालक र बिचौलियामाथि अनुसन्धान गरिरहेको थियो। अख्तियारको अनुसन्धानमा मुख्य क्लु नै भट्टराईको डायरी बनेको छ ।
अख्तियारले भट्टराईलाई पक्राउ गरे लगतै विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर उपकरणहरु नियन्त्रणमा लिइएको थियो। ती सबै उपकरणहरुको डीएफएल रिपोर्ट र अन्य कागजात प्रमाणका आधारमा अख्तियारको अनुसन्धान निस्कर्षतर्फ पुगेको हो।
उजुरीपछि अनुसन्धान थालेको अख्तियारले झण्डै ८ महिना लगाएर अनुसन्धान टुंग्याउन लागेको जनाएको छ । “ कांग्रेसभित्र सम्भावना बोकका विद्धान नेता लेखकलाई सिध्याउन पार्टी भित्रका केही नेता र बाहिरि प्रतिपक्षमा रहेका केही दल नै लागे ।” नेपाली कांग्रेस कञ्चनपुरका एक नेताले भने–“ भ्रम र षड्यन्त्र अब छर्लङ्ग भइसक्यो ।”
पार्टी नेतृत्वको विश्वास जितेर तत्कालिन नेपाली कांग्रेस र नेकपा एमाले सत्ता गठबन्धनको सुत्राधार समेत रहेका नेता लेखकलाई आक्षेप लगाउने र राजनीतिमा सिध्याउन गिरोह नै सक्रिय रहेको थियो । भिजिट भिषा प्रकरणमा कर्मचारी छानविनमा आउँदैमा मन्त्रीले राजनीतिमा दिनु नपर्ने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता लेखकलाई बल दिएका थिए । भिजिट भिषामा नेपालीहरु नेपाल र छिमेकी मुलुकबाट बाहिरने क्रम भने दशकौं अघि देखि चल्दै आएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार दल विशेषले राजनीतिक प्रतिशोध साध्न भिजिट भिषा प्रकरणमा तत्कालिन मन्त्रीलाई जोडिएको बताउनुभयो ।
“ यसअघि पनि लगातार भिजिट भिषामा विदेशिने क्रम थियो ।” उहाँले भन्नुभयो–“ २०६४ सालयता सुरु भएको भिजिट भिषामा अहिले आएर मात्रै मन्त्री जोडिनुमा पुर्वाग्रह स्पष्ट झल्किन्छ ।” उहाँले मन्त्री र मन्त्रालयका कुनै पदाधीकारी उक्त प्रकरणमा संकल्न नभएको बताउनुभयो ।
मन्त्रालयले पनि अध्यागमनको दीर्घकालिन सुधारका लागि गठित समितिको रायका आधारमा अघि बढ्ने जनाएको छ । अध्यागमको इमेज सुधारमा तत्कालीन गृहमन्त्री लेखकले नै अग्रसरता लिनुभएको थियो ।

ताजा समाचार

spot_img