महेन्द्रनगर : जिल्लाको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा डिजिटल भन्सार मुल्यांकन डाटावेश प्रणालीको शुरूवात गरिएको छ । सोमबार एक कार्यक्रमका माझ अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकि पुगेर शुरूवात गरेका हुन ।

भन्सार कारोबारको अन्तराष्ट्रिय मापदण्डलाई अवलम्बन गरेर भन्सार भित्रको पारदर्शिता र सुशासनका लागि डिजिटल भन्सार मुल्यांकन डाटावेशको शुरूवात गरिएको राजस्व सचिव बरालले बताउनु भयो । उनले भने “पुर्वतिरका भन्सारमा यस अघिनै यो सेवा लागु भईसकेको भएपनि पश्चिमतिरका भन्सारमा अहिले धनगढि र कञ्चनपुर भन्सारमा समेत लागु गरिएको बताए ।”

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले यस डिजिटल भन्सार मुल्यांकन डाटावेश सेवा प्रणालीले बैध व्यापारलाई प्रोत्साहित गर्ने अबैध व्यापारलाई निरूत्साहित गर्ने भएकाले भन्सार क्षेत्रमा देखिएका हिजोका समस्या अन्त हुने विश्वास रहेको बताए । उहाँका अनुसार ञव्यवसायीलाई व्यापार गर्न सहज मात्र नभई राजस्व संकलनमा समेत एकरूपता हुनेछ । भन्सार मुल्यांकनका मुद्वाहरूमा एकरूपता कायम भएर आयात निर्यातमा व्यापारीले वास्तविक विल विजक जारी गरेका र लागेको कारोबारको घोषणा गरेको आधारमा भन्सार मुल्यांकन कायम गरेर भन्सार जाँच पास गरिने विभागका महानिर्देशक भण्डारीले बताए ।

अब भन्सार मुल्यांकनका लागि किताबमा हेरेर गरिने मुल्यांकन कार्यको अन्त समेत भएको उनले बताए । कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष चेतराज जोशीले विगतको भन्सार संकलन सिष्टम अपारदर्शी भएकाले मैले टायलको व्यापार बन्द गर्नु परेको बताए । उनले भने “यस अनलाईन मुल्यांकन डाटावेश प्रणालीले हामी जस्ता सबै व्यापारीलाई सहज भई व्यापार गर्नमा समेत प्रोत्साहान मिल्ने कुरामा विश्वास रहेको बताए ।”
कार्यक्रममा गड्डाचौकि भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख चक्र देव भट्टले भन्सारको अवस्था, राजस्व संकलनको अवस्था लगायतका बारेमा काठमाडौंबाट आएका राजस्व सचिव, महानिर्देशक,राजस्व अनुसन्धान विभागका महानिर्देशक तिर्थराज शिलुवाल, एडिविका परामर्शदाता निर्मलहरि अधिकारी लगायतलाई जानकारी गराएका थिए ।






