महेन्द्रनगर: कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित एकदिने नि:शुल्क आँखा शिविरमा कुल ६ सय ७८ जनाले सेवा लिएका छन्।
बेल्डाँडी गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्सिर २० गते (शनिवार) शिविर सञ्चालन गरिएको हो।
गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित शिविरमा ४ सय १० महिला र २ सय ६८ पुरुषले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।
सेवा लिने मध्ये १ सय ४ जनाको गेटा आँखा अस्पतालमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ। भने ७ जनाको आखामा मासु पलाएको बिरामि रहेका छन्। शिविर शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन भएको थियो।
बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्ट, बरिष्ठ नेत्र अधिकृत बीर सिह धामी लगायतका चिकित्सक एव ११ जना स्वाथ्यकर्मीको सहभागिता रहेको थियो । गाँउमै स्वास्थ्य सेवा लिन पाएपछि स्थानीय हर्षित भएका छन ।






