आदित्य जोशी/कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर जन्मघर भएकी सुस्मिता चौधरीले आफ्नो २३औ जन्मदिन को अवसरमा श्री बैजनाथ धाम तथा विद्धाआश्रम सेवा समितिमा वृद्धवृद्धा आमा बुवाहरुलाई फलफूल वितरण गरेका छन्। आफ्नो पढाइको सिलसिलामा सुस्मिता हाल जापान मा बस्दै आएकी छिन्।सुस्मिताले आफ्नो जन्मदिनको अवसरमा घर परिवार मार्फत सानो भएनी वृद्ध आमा बुवाहरुलाई सहयोग गर्न पाउँदा आफू खुसी भएको बताए ।

सुस्मिताका बुवा टीकाराम चौधरीले, छोरीले यस्तो शुभकार्य गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताउनु भएको छ । आगामी दिनहरुमा पनि छोरीलाई यस्तै कार्य गर्ने अवसर प्रधान होस् र साथसाथै यस्तै कार्यहरूले हौसला समेत बढेने जानकारी गराउनु भएको छ। छोरीले गरेको सामाजिक कार्यप्रति बुवा हर्षित भएका छन्। साथै उनका ७४ वर्षिय हजुरबुवा साधुराम चौधरीले नातिनी को जम्मउत्सव वृद्धाश्रममा मनाउन पाउँदा एकातर्फ खुसी भएतापनि आफूजस्तै उमेर भएका वृद्धहरू सकेसम्म वृद्धाश्रममा भन्दा पनि घरमै बसेको भए राम्रो हुनेथियो भन्ने भनाई व्यक्त गरेका छन्।

सुस्मिताले जन्मदिनमा मात्रै नभएर अरुपनि सामाजिक कार्य गर्दै आएकी छिन्।समाज मा आफूले सकेको सहयोग गर्न आफू कहिलेपनि पछि नपर्ने समेत जानकारी दिएका छन्। यसैगरी,सामाजिक कार्यमा अग्रसर रहै सुस्मिताले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ कञ्चनपुरको पत्रकार कल्याण कोषको लागि २१०० रुपियाँ सहयोग गरेका छन् ।







