
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका ब्यक्तीहरुलाई सम्मान गरिएको छ् । ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा वडा कार्यालयको सिफरिस गरिएका तथा अपांगता भएर पनि सामाजमा आफुहरुले आत्मनिर्भर कार्यमा प्रयासरत २४ जना अपांगता भएकाहरुलाई सम्मान सहित प्रत्येक जनालाई नगद रु. १ हजारको दरले सम्मान धनरासी प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले जानकारी दिनुभएको छ् ।

‘अपांगता समाबेशी समाजको प्रबद्र्धन : सामाजिक उन्नतीको सम्बद्र्धन’ नारा सहित दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको सभापतित्वमा सञ्चालन भएको अपांगता भएकाहरुलाई सम्मान कार्यक्रममा अपांग भएका ब्यक्तीहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभूति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान सहित सहयोग गरिदै आएको बताईएको छ् । कार्यक्रममा बक्ताहरुले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताएका छन् ।

समाजमा समावेशिता र मर्यादित सहभागितालाई सुदृढ गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सबै तह–स्तरबाट प्रभावकारी कदम चालिन आवश्यक रहेको आजको दिनले पुन: स्मरण गराएको बक्ताहरुले बताएका छन् । नेपाल अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि–२००६ को पक्ष राष्ट्र भईसकेको छ् ।

महासन्धिको प्रतिबद्धतालाई पालना गर्न अपांगता भएका व्यक्तिको अधिकारको संरक्षण र संवद्र्धन लागि नीति, ऐन, कानुन, निर्देशिका, योजना र कार्यक्रममा जोड दिदै आएको छ् ।






