दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वाल अधिकार समितिको पुनर्गठन तथा क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा रहेका वाल अधिकार समितिहरुको क्षमता अभिबृद्धि तथा पुनर्गठन सुरु गरिएको दोधारा चाँदनी नगरपालिका महिला तथा वालवालिका शाखा कार्यालयका निरिक्षक अनिता भण्डारी कुँवरले बताउनुभएको छ् ।

युनिसेफको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा वडा नं. २ बाट सुरु गरिएको वाल अधिकार समितिको पुनर्गठन तथा क्षमता अभिबृद्धि कार्यक्रमको सुरु गरिएको दोधारा चाँदनी नगरपालिका महिला तथा वालवालिका शाखा कार्यालयका निरिक्षक अनिता भण्डारी कुँवरले बताउनुयो । दोधारा चाँदनी नगरपालिकाको वालवालिकाको हक अधिकार संरक्षण तथा सम्वर्धन गर्नको लागी बनेको कार्यविधी २०८१ ग्ठन भएको वाल अधिकार समिति गठन भएको उहाँले बताउनुभएको छ् ।

बाल अधिकारको ऐतिहासिक पृष्ठभूमि, नेपालको संविधानले वाल अधिकारका लागि गरेको व्यवस्था तथा बाल बालिका सम्बन्धी ऐन, नेतृत्व विकास, बाल अधिकार चेतना समूहको कार्य योजना लगाएतका विषयमा कार्यक्रमा जानकारी गराईएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

वातावरण प्रदुषण, यसको असर, वतावरण संरक्षणमा हाम्रो भूमिका, बाल अधिकार संरक्षणमा देखिएका चुनौती, त्यसलाई समाधान गर्नु पर्ने तौरतरिका, बालअधिकार समूहको काम कर्तव्य र बालअधिकार समूहको कार्य योजनाको बारेमा सहजीकरण गरिएको वडाध्यक्ष रावलले बताउनुभएको छ् ।






