कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका पदाधिकारी महाधिवेशन प्रतिनिधी सदस्यको दौडमा देखिएका छन । एमालेको आउँदो मंसिर २७ देखि २९गतेसम्म काठमाण्डौँमा हुने ११औँ महाधिवेशनका लागि एमाले जिल्लाका एक पदाधिकारी बाहेक अन्य सबै महाधिवेशन प्रतिनिधीको दौडमा छन । उपसचिव राजिव खडका बाहेक अन्य सबै पदाधिकारी जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधीका लागि देखिएका हुन । क्षेत्र १ बाट जिल्ला पाटी सचिव पल्लवराज भट्ट, क्षेत्र २ बाट जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपसचिव अशोक कुमार चन्द र क्षेत्र ३बाट उपाध्यक्ष जनक राज अवस्थी महाधिवेशन प्रतिनिधी सदस्यको दौडका लागि उम्मेदवारी दर्ता गराएका छन । देशभर प्रतिनिधी छनौटका लागि १३मंसिर(शनिबार)एक साथ हुँदैछ ।

एमाले कञ्चनपुरका नेताहरुका अनुसार क्षेत्र ३ मा मात्रै महिला सदस्य कोटाबाट चिनी गिरी दलित महिला तर्फ लक्ष्मी विक निर्बिरोध छनौट भएकी छन । दलित पुरुष तर्फ भारमल सुनार र आरपी सार्कीको उम्मेदवारी परेको छ ।
क्षेत्र १ मा मन्त्रीदेखि युवाहरु महाधिवेशन प्रतिनिधीका लागि चुनावी मैदानमा उत्रिएका छन । सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल), पुर्व जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग, लाल बहादुर चौधरी, महिला तर्फ पूर्ण कुमारी गुरुङ्ग, शान्ति तामाङ्ग, कल्पना गिरी, कमला चौधरी र युवा तर्फ सुरेन्द्र शाही, कमल कुमार रोकाया र काशीराम बोहरा रहेका छन । नेकपा एमाले क्षेत्र १ कञ्चनपुरका युवा नेता शंकर भट्टले सहमतीय आधारमा महाधिवेशन टुङग्याउने प्रयास भईरहेको बताए ।

क्षेत्र २मा पनि पुर्व जनप्रतिनिधीदेखि युवाहरु देखिएका छन । एमाले युवा नेता जगत सिहका अनुसार बचन सिह, गणेश सिह ऐरी, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्ण बहादुर हमाल, शुशिला सिह, प्रविन बोगटी पार्वती जोशी, लक्ष्मी विक, कुबेर खडका, गणेश सिह ऐरी, रमेश भट्ट, नरेश सिह, शान्ति मल्ल, रमिता रानाले उम्मेदवारीदिएका छन । क्षेत्र ३ बाट पाटी उपाध्यक्ष जनकराज अवस्थी, महेश प्रसाद पन्त, किशोर कुमार लिम्बु, विष्णु कँडेल, ओम बस्नेत, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की, ओमकार पन्तले उम्मेदवारी दिएका छन । शनिबार महाधिवेशन प्रतिनिधी एकसाथ छनौट गर्नुपर्नेछ । कतिपय एमाले जिल्लाका नेताहरुले पाटी अध्यक्ष केपी शर्मा ओली सोही लाईनले चाहेका मात्रै महाधिवेशन प्रतिनिधी छनौट हुने गुनासो गरिरहेका छन ।







