पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त बस्ती कुतियाकवर बस्तीमा समुदायमा आधारित खाद्यान्न बैंक र भान्सा स्थापना गर्ने कार्य सुरु गरिएको छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा वर्षेनी बाढीले लाखौंको धनमाल नष्ट गर्दै आएको छ् । भारत संग सिमा जोडिएको कुतियाकवर बस्तीमा बाढीको बेला अन्नवाली तथा खाद्यान्न नदीले बगाईदिने र बाढीको समयम अन्य बस्तीबाट सम्पर्क विहिन हुदै आएको छ् ।

सो समयमा घरमा पानी पसेर एक छाक टार्नको समस्या हुदा निड्स नेपाल कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालय, समुदायको सहकार्यमा नेपाली सेना र दोधारा चाँदनी नगरपालिकाले बाढीबाट स्थानियहरुलाई जोगाउन निमार्ण गरेको सुरक्षित आवासमा समुदायमा आधारित खाद्यान्न बैंक र भान्सा स्थापना गर्न थालेको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् । बाढी आएको बेला बस्तीका घरहरु पानी पस्ने, भण्डारण गरेका खाद्यान्न नदीले बगाईदिने अवस्थालाई मध्यनजर राख्दै कुतियाकवर बस्तीमा समुदायमा आधारित खाद्यान्न बैंक र भान्सा स्थापना गर्ने अवधारणा सुरु गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

बाढी आएको समयमा कुतियाकवर बस्तीमा बसोबास गर्ने ४२ घरधुरीहरुले केही दिनको लागी खाना पकाएर खाने व्यवस्था गरिन लागिएको संयोजक उपाध्यायले बताउनुभयो । उक्त खाद्यान्न बैंक र भान्सा स्थापनाको लागी नड्स नेपालको रु. ४ लाख सहयोग रहेको उहाँले भनाई रहेको छ् । कुतियाकवर विपद् व्यस्थापन समितिका संयोजक टेक बहादुर सुनारले वर्षेनी बस्तीमा बाढी आउने र सबै तिर जलमग्न हुदा एक छाक खाना नपाएर भोकै बस्नु पर्ने समस्या हटेर जाने बताउनुभएको छ् ।

निड्स नेपाल कञ्चनपुर संग सहकार्य गरि बस्तीमा समुदायमा आधारित खाद्यान्न बैंक र भान्सा स्थापना गर्न सुरु गरिएको कुतियाकवर विपद् व्यस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभयो ।
झण्डै ५० बिघा क्षेत्रफलमा फैलिएको बस्ती हरेक वर्ष हुने कटानले साघुरिदै गएको छ् । बस्तीलाई जोगाउन नेपाल सरकारले खासै पहल नगरेको स्थानियबासीहरुको गुनासो रहदै आएको छ् ।






