कञ्चनपुर : लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरले समेत पत्रकार महासंघका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च दिएको छ । प्रणाघातक क्यान्सर रोगबाट भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई जिल्लाका कलाकारहरुले उपचार खर्च गरेको हो ।

लोक तथा दोहोरी गित प्रतिष्ठानले पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च दिएको जनाएको छ । लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष सरस्वती जिसीले समाजिक क्षेत्रमा कार्यरत पत्रकारको उपचारका लागि सक्दो आर्थिक सहयोग गरेको बताए ।

आइतबार लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष सरस्वती जिसी, निर्वतमान अध्यक्ष लाल बहादुर धामी(अछामी बड्डो), सचिव सन्दीप थापा, सल्लाकार सुरेन्द्र प्रशाद भट्टले महासंघका सचिव कुण्दन पाण्डेलाई रकम हस्तान्तरण गरेका छन ।







