यथार्थ शान्तिका धारा जो छन शान्तिवनमा ।

२०८२ साल अषाढमा भारत राजस्थान राज्यको माउण्ट आबुमा ओम शान्तिको असोजमा हुने सम्मेलनमा सहभागी हुन बेलौरी नगरपालिका वडा नं।६ निवासी दान सिंह रानाजिले विगत समेतमा गरेको अनुरोधलाई हृदयंगम गरी स्वीकार गरे । सोको तयारी शिलशिलामा ओम शान्ति आबद्ध राजकुमार भण्डारी सर कार्यालयमा आइ जाने विषयको टुंगो लगाइ आउदा जाँदा लाग्ने रकम मध्ये रेल टिकटका लागी चाहिने केही अग्रीम रकम सम्बद्ध कार्य गरी यात्राको औपचारिक प्रक्रिया थालनी भयो ।  अषाढको महिनामै असोजको तयारी,सुरुमा लामो अवधि लागेपनि पछि असोज महिनाको यात्रा समय आएको पत्तै लागेन ।  २०८२ असोज १९ गते बेलौरीबाट यात्रा प्रारम्भ हुन्छ भन्ने विषयको जानकारी पश्चात आवश्यक तयारी अगाडी बढ्यो । बेलौरीबाट बसमा भ्रमण टोली महेन्द्रनगर बसपार्क पुगि सक्दा म पनि भीमदत्त न।पा।७ हल्दुखाल स्थित घरबाट सोही ठाउँ पुगि सकेको थिए । बसपार्कमा पुग्दा केही परिचित,केही आंशिक परिचित व्यक्तिहरुसितको शिष्टाचार पश्चात महेन्द्रनगरबाट दिल्लीको यात्राका लागी पवनदुत यातायातको ना।७।ख १८६२ नम्बरको बसमा बसी अगाडी बढ्यौ ।

बसाइ व्यवस्थापनको चाँजोपाँजो विष्नु सुवेदी सर तथा राज कुमार भण्डारी सरले गरि रहनु भएको थियो । गड्डाचौकी पारी दशगजा क्षेत्र हुदै भारतको सशस्त्र सिमा बल ९एसएसबी०ले आउदा जाँदा गर्ने सुरक्षा जाँचका लागी झोला सहित जाँच कक्षतिर प्रवेश गर्यौं । मेशिनबाट लगेजजाँच गरी सुरक्षाकर्मीबाट पकेट लगायत जाँच गराइ हामी बसमा झोला राखी बनबासा शारदा नदीको पुलमा गफ गर्दै अगाडी बढ्यौं । पल्लवराज भट्ट सर लगायतले भारतमा सञ्चार सहजीकरणका लागी मोबाइलमा भारतीय नेटवर्कको सिम कार्ड व्यवस्थापन गरी राख्नु भएको थियो । पत्रकार हरिश चन्द्र बाग सामाजिक सञ्जालमार्फत यात्रा जानकारी सम्प्रेषण गरि रहनु भएको थियो । यात्रा बसमा चढी हामी बनबासा बजार पारी भारतीय राजमार्गमा प्रवेश गर्यौं,बाटामा केही युवाहरु समेत बसमा चढ्नु भयो,बस्नलाई सिट नभएको कुरा समेत उहाँहरुले निकाली रहनु भएको थियो । खटिमा भन्दा अगाडी होटल कमल रिजेन्सी नजिक बसले रात्रीखानाका लागी रोक्योे । हामीलेै भ्रमण टोलीका सदस्यले घरबाटै बनाइ लगेको सात्विक भोजन दहीका साथ ग्रहण गर्यौ । केहीबेर रात्रीकालिन भारतीय ठाउँहरुको दृश्यानन्द लिइ हामी अगाडी बढ्यौ । राति १ बजेतिर गजरौलामा चिया,जलजिरा खाइ करीब ४ बजेतिर दिल्ली आनन्दविहार बसअड्डा पुग्यौं,हामीले जानु पर्ने थियो मजिलस पार्कमा रहेको ओम शान्ति आश्रम ।

असोज २० गते करिब ६ बजे दिल्ली मेट्रो रेल कर्पोरेसन लिमिटेडको जमिन भन्दा माथि तला बनाइ निर्माण गरिएको रेलस्टेशनमा प्रवेश गर्यौं । बिहानीको सुरुवाती समय समेत भएकाले यात्राका लागी थुप्रै मानिसहरु लामबद्ध थिए । विष्नु सुवेदी सरले आनन्दविहार आइयसविटि९इन्टरस्टेट बस टर्मिनल०बाट मजलिस पार्कका लागी प्रति व्यक्ति भारु ४३ को टिकट लिनु भयो । २०३९८६४५१५८४२१२४४३५२ नम्बर अंकित टिकट लिइ उक्त टिकटलाई स्क्यान गरी सुरक्षा बेरियर खुले पछि अगाडी बढियो । उक्त टिकट सिस्टमले स्क्यान नहुदा बेरियल खुल्दैन । सो पश्चात सिआइयसयफ९सेन्ट्रल इन्टस्र्टीयल सेकुरेटि फोर्स०बाट झोला लगायत चेकजाँच गराइ मेट्रो रेलको प्रतिक्षामा अगाडी बढ्यौ ।मेट्रोबाट विभिन्न दिशामा जानका लागि लाइनहरु निर्धारण गरिएका हुन्छन,एलोलाइन,पिंकलाइन अरु। हामी मजलिस पार्क माथि पट्टी लेखेर आएको सान्दार मेट्रोमा अटो स्लाइड सिस्टमको ढोकाबाट चढ्यौं । निश्चित समयका लागि ढोका आफै खुल्ने र सो पश्चात आफै बन्द हुदो रहेछ । आरक्षीत सिटको कार्यान्वयन गजबले हुने गर्दछ भारतमा जसका लागी निर्धारित गरिएको सिट हो उसैले बस्नु पर्ने,अरुले बस्न नहुने ।

एसीयुक्त ,फोहररहित ,गन्तव्यका ठाउँहरु अडियो र भिडियो दुवै तवरबाट जानकारी हुने,जापानको सहयोगमा बनेको मेट्रोबाट अन्डरग्राउण्ड लगायतको अनुभव गरी फोटो,भिडियो लिइ करिब डेढ घण्टाको अवधि पश्चात गन्तव्य स्थान मजलिस पार्क पुग्यौं । टिकट स्ेकनबाट बेरियर ओपन भएपश्चात हामी भुइतलाबाट मेन सडकमा नपुग्दै रिसिभ गर्न मजलिस पार्क आश्रमका एकजना भाइजि आउनु भएको थियो । उहाँको निर्देशबमोजिम हामी समुहमा अटोमा चढि जामिर चुकखाएर मन्द निद्रा पराश्त गर्दै होटल सेवन सिमा पुग्यौं । त्यहाँ रिफ्रेस र केही समय आराम पश्चात भोजनका निम्ति आश्रममा पुग्यौं । त्यहाँको सरसफाइ चित्ताकर्षक थियो ।केहीबेर प्रवचन हलमा हामीलाई बसालियो,तत् समयमा भोजनको तयारी भइ रहेको थियो । हामीले त्यहाँ शान्ति अनुभवहुने विभिन्न चित्र भित्तामा हेर्यौं । केही समय पश्चात माथिल्लो तलाको डायनिंग हलमा सात्विक भोजन ग्रहण गरि तल प्रवचन हलमा आइ केही समयको आराम पश्चात मजलिस पार्क आश्रमका मुख्य दिदिले केही आध्यात्मीक विषयमा जानकारी दिइ,माउण्ट आबुको महत्व बताइ हामी सहभागीको परिचयबारे जानकारी लिनु भयो ।

सो कार्यमा सहजीकरण लालझाडी गाउँपालिका घर भइ लामो समय आश्रममा सेवारत गोमती दिदिले गरि रहनु भएको थियो । तत्पश्चात हामी दिल्लीका महत्वपुर्ण पर्यटकीय स्थल हेर्न भनि मेट्रोको माध्यमबाट चाँदनी चौकका लागि निस्क्यौं । सो अगावै हामीले लघु समुहमा एसीयाकै ठुला मण्डीमा गणना हुने आजादपुर सब्जी मण्डी हेर्यौ । मजलिस पार्कबाट नजिकै रहेको छ,आजादपुर मण्डी । त्यहाँ हरेक सागसब्जी,फलफुलका लागी अलग अलग स्टल राखिएका हुने रहेछन,प्याजैप्याजको छुट्टै स्टल,आलु आलुको छुट्टै स्टल ।चाँदनी चौकमा भव्य मल बनेको रहेछ पछिल्लो समयमा,त्यसको अवलोकन गरी त्यहाँका गल्लीको बजार हेरी केही बेर रुमल्लीयौं किनकी हामी २ जना ९नगर उपप्रमुख र म०ले हाम्रा समुहका सदस्यसित असावधानीले अलग हुन पुगेका थियौं । पछि हामी लालकिल्ला हेरी त्यहाँबाट अटोमा चढी ईन्डीया गेट पुग्यौं, बेलुकाको समय सिमसिम पानी समेत परीरहेको थियो ।ईन्डिया गेटमा हजारौं मानिसको भिडभाड हुन्छ बेलुकाको समयमा । त्यहाँ हामीले पुनर्वासका आर।पी।सार्कीसरलाई समेत भेट्यौं । केही बेरमा हाम्रो समुहका सदस्यसितको भेट पश्चात एकल र संयुक्त फोटा लिइ हामी इन्डियन परिकारका खाजाखाइ पालिका बजारमा केही सामान किनि मेट्रो चढि मजलिस पार्क आश्रममा पुग्यौं ।

रात्री भोजन र गफगाफसितै हलमा आनन्ददायी निद्रामा विलाप भयौं ।  २१ असोजको बिहानै हामी रिफ्रेस पश्चात खाजा खाइ,बाटाको खाजा प्याक समेत गरी अल्टोमा बसी हाम्रो यात्राको मुख्य केन्द्र राजस्थान राज्यको सिरोही जिल्लामा पर्ने ओम शान्तिको मुख्यालय,मुख्य कार्यक्रम स्थल रहेको ठाउँको स्टेशन आबुरोड स्टेशनसम्म जान सराय रोहिल्ला ट्रेन स्टेशन सम्म आयौं । बडो भिडभाड हुने रहेछ स्टेशनमा । केही समय पछि ट्रेन आयो र हामी करिब ९ बजे त्यहाँका लागी रमाना भयौं । उक्त ट्रेन हरियाणा,राजस्थान,गुुजरात हुदै महाराष्ट्र राज्यको बान्द्रा सम्म जाँदो रहेछ । हरियाणाको रेवाडी हुदै अलबर भन्ने स्थानबाट राजस्थान सुरु हुदो रहेछ । बाटामा प्याक गरिएको खाना खाइ,गाना गाइ,बाहिरका दृश्य हेरी रमाइलोका साथ अगाडी बढि रह्यौं । ट्रेनमा फोल्डींग सित हुदा रहेछन,एक माथि अर्को तला भएका, मज्जाले सुत्न मिल्ने । ओढ्नका लागी कम्बल ,बिछाउने तन्ना,तकिया कागजका खाममा हालेर रेल प्रशासनले उपलब्ध गराउने रहेछ । भारतमा ट्रेनलाई दिशाका  आधारमा छुट्याइएको जस्तै पुर्वोतर,उत्तर रेलवे आदि । हामीलाई उपलब्ध गराइएका कम्बल आदिमा उत्तर रेलवे लेखिएको थियो ।

ति सामग्रीहरु धुलाइ गरि पुनःप्रयोग हुदा रहेछन । भित्रै शौँचालयको व्यवस्था,खानाका आइटमहरु बेच्नेहरु निश्चित समयान्तरमा भित्रै आइ रहने,हजारौं मानिस संगै,छिटो यात्रा गर्न सक्ने,भाडादर न्युन आदि भारतीय रेलका विशेषता हुन । रेलमा पनि क्लास हुदो रहेछ । त्यही अनुसार सुविधामा फरक । हामी  थर्डक्लास एसीमा थियौं । वातानुकुलीत व्यवस्था थियो रेलमा ।  विश्वकै ठुला संगठनमा पर्ने भारतीय रेलको व्यवस्थापन गर्न त्यही भएरहोला रेल बजेट अलग्गै आउने । भारतमा नियमित बजेट छुट्टै र रेल बजेट छुट्टै समयमा छुट्टाछुट्टै आउने गर्दछ । लाखौंको संख्यामा विविध प्रकारका कर्मचारी रहेको भारतीय रेल सेवामा भारतको संघीय महत्वपुर्ण जागिर अन्तर्गत आइएयस,आइपियस पछि आइआरयस९इन्डीयन रेलवे सर्विस० रहने गर्दछ । भारतको रेल मन्त्रालय अन्तर्गत रहने गरी रेल्वे सुरक्षा बल समेत रहेको छ जसले विभिन्न जंक्सन लगायतमा रेल सम्बद्ध सुरक्षाको कार्य गर्दछ । लामो दुरीको यात्रामा टिकेट स्केन गरी रेलमा चढ्ने र स्केन गरि झर्ने व्यवस्था मिलाइएको छैन,त्यही भएर पनि होला हरेक जंक्सनमा टिटी९टिकेट टेकर०ले टिकटको वैधता सम्बद्ध अनुगमन लगायतको कार्य गर्दछन ।

हामी दिल्लीबाट आबुरोड यात्राको दिवारेल शयरमै थियौं,बाटामा राजस्थानको राजधानी जयपुर समेत पर्दो रहेछ । पिंक सिटिका नामले चिनिने जयपुर सिटीलाई समेत रेलबाटै हेरी करिब रातिको ८ बजेतिर आबुरोड स्टेशनमा पुग्यौं । मेनरोडमा पुग्ने बित्तिकै हामीले ग्लोबल समिट अन पिस एण्ड ट्रस्ट १० देखी १३ अक्टोबर २०२५,ब्रह्मकुमारीज शान्तिवन आबुरोडको ब्यानर देख्यौ,जसमा विशिष्ट व्यक्तिका रुपमा सहभागी हुनेमा हरियाणा सरकारका मुख्यमन्त्री नायब सिंह सैनी देखी भुपति राजु श्रीनिवास वैष्णव,भारत सरकारका ठुला उद्योग तथा स्टील राज्यमन्त्री सम्मका नाम तथा तस्बिर थिए,जुन कार्यक्रमका सहभागी बन्न हामी गइरहेका थियौं । हामीलाई रिसिभ गर्न शान्तिवनबाट बस आएको थियो,त्यहि बसमा बसी हामी नेपालको टिम र हामीसित दिल्लीबाट सहभागी तरुन गर्ग भाइजिको टिम सहित विश्व परिवर्तन भवन अगाडीको ठाउँमा बसले हामीलाई रोक्यो । बढो सिस्टमेटिक रहेछ,ओम शान्तिको शान्तिवन कम्प्लेक्स । ठुलो भवनको नाम विश्व परिवर्तन भवन दिइएको छ,सायद त्यसलेनै धेरै कुरा मौन रुपमा बताइ रहेको हुन्छ ।  विभिन्न नाम दिइएका विशाल भवन त्यहाँ छन,सरसफाइ उत्तिकै ओजपुर्ण,हामी रिसेप्सनमा लगेज राखी बाबाका  भण्डारामा खाना खान गयौं ।

ठुलो हलमा आफैले हाली मागेर खाना खानु पर्ने व्यवस्थामा हामीले सात्वीक खाना खाइ आफुलाई कार्यक्रम अवधिका लागी आफुलाई दर्ता गराइ गेष्ट परिचयपत्र लिइ त्यहिँको बसबाट रात्री विश्रामका लागी मनमोहिनीवन कम्प्लेक्समा रहेको त्रिलोक भवन ९सि०को चौथो तलाको रुम नं।४०८ मा गयौं । उक्त कार्यको व्यवस्थापनमा सहजीकरण गोमती दिदि ,विष्णु सर,राजकुमार सरले गरिरहनु भएको थियोे । लिफ्टबाट हामी रुममा पुग्यौं । सेतो रङले पोतिएका ससाना ८ खाट९बेड० राखिएको रुम अचेट वासरुम,दराज,पछाडी कौशीमा लुगा सिलाउन मिल्ने बढो आकर्षक थियो । तारा जि र मैले गेलरी बाहिरबाट रात्रीकालिन पर्वतका दृश्य,त्यहाँको रौनकता हेर्यौं । बढो मनमोहक ।  बढि मानिसहरुलाई एकै पटक  अटेच रुममाशौचालय प्रयोग गर्न असुविधा नहोस भनेर त्यहि बाहिर पट्टि ६।७ वटा शौचालय समेत बनाइएका रहेछन । खानेपानीका धाराबाट पानी प्रयोग गर्न मिल्ने र कपडाहरुमा ईस्त्री लगाउनका लागी सोसमेतको व्यवस्था गेलरीमा गरीएको थियो । फराकिलो ठाउँ,सफाइ त्यहाँको विशेषताका रुपमा मैले पाए ।

पल्लव राज भट्ट,हरिश चन्द्र बाग,जोगराम चौधरी,अशोक सुवेदी,केदारबहादुर भण्डारी,तारा सिंह विष्ट९विष्ट भु—सेवा० र म गरी ७ जना हामी १ रुममा थियौं । शालिगा्रम सुवेदी लगायतको टोली ४०९ नम्बर रुममा थियो । महिला सहभागीहरुलाई बस्नका लागी छुट्टै तला निर्धारण गरिएको छ त्यहाँ । केही बेर गफपश्चात हामी निद्रातर्फ प्रस्थान गर्यौ ।  २२ गते बिहानै नित्यकर्म पश्चात दिव्यलोक भवनमा चिया खाइ मनमोहिनीवन भवनबाट कार्यक्रम स्थल शान्तिवनमा निःशुल्क सेवाका साथ पुर्याउने जिपमा चढि बिग डायमण्ड हल नजिकै पुग्यौं । विभिन्न देशका झण्डा पहराइएका,समिटको तयारी अन्तर्गत हल,गेट सजाउदै गरेका दृश्य रमाइला थिए । बिग डायनिंग हलको पहिलो तलामा बिहानको नास्ता लिइ सो पश्चात माथिल्लो तलामा दुध लिइ हामी पुनःडायमण्ड हल अगाडीको सुन्दर चौर नजिक भेला भयांै । डडेल्धुरा,कपिलवस्तु,झापा लगायत विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी भएका थिए ।कञ्चनपुरको महेन्द्रनगरबाट समेत शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख,पुर्व प्रमुख जिल्ला अधिकारी ,विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख सहभागीभएका थिए ।

प्रदेश सांसद,पुर्व मन्त्री,प्रदेश लोकसेवा आयोग अध्यक्ष,पालिका प्रमुख,उद्योगी,व्यापारीहरुकोे कार्यक्रममा उपस्थिती थियो । कार्यक्रममा सहभागिताका खातिर सबै गरि ९००० बढिको उपस्थिती रहेको थियो । हामीले एकल तथा युगल फोटो लिइ उक्त दिनको भ्रमण योजनाको स्थल माउण्ट आबु तर्फ जानका लागी अगाडी बढ्यौं । त्यहाँ नजिककै केन्द्रमा आत्मा परमात्माका विषयमा त्यहाँका सहजकर्ताबाट केही जानकारी लिइ बसमा बसी शान्तिवनबाट करिब १ घण्टा दुरीको उकालोे अरावली पहाडमा अवस्थित आनन्द सरोबर लगायतका स्थानका लागी प्रवेश गर्योै । सबै जना ताली बजाउदै गाना गाउदै आनन्द सरावर पुग्यौं । त्यहाँका विभिन्न स्थान हेरी फोटा लिइ ग्लोबल हस्पिटलमा ५ गोली जिवन सुधारक औषधी लिइ हामी नक्की झिल९ताल० तर्फ प्रस्थान गर्यौं । बढो आनन्दको ताल,त्यही नजिक कुनै समयमा दादा लेखराजको तपस्यास्थल रहेछ । त्यहाँको अवलोकन पश्चात हामीले राजस्थानी ड्रेसमा फोटा खिचाइ ओम शान्तिको प्रधान कार्यालय मधुवन (पाण्डव भवन) गयौं ।

त्यहाँको अवलोकन पश्चात प्राचिन समयका दादा लेखराजका प्रसंगहरुका जानकारी लिइ भोजन गरि नजिकै बनिरहेको ठुलो हल समेत हेरी पिसपार्क तिर लाग्यौं सो पुर्व जैनहरुको ठुलो तिर्थ वर्षौ पुरानो देलवाडा जैन मन्दिर हेरी बसमा चढि पिसपार्क पुग्यांै । वास्तवमै शान्ति अनुभुति हुने फलफुल बगैचा शान्तिपार्क हेरी फोटा लिइ चिया खाइ नजिकैको अग्लो ठाउँ गुरु शिखरको टाढैबाट अवलोकन गरि केही सामान्य सपिंग पश्चात बेलुकाअध्यारोको समयमा मनमोहिनीवन पुग्यौं ।गुरु शिखरबाट पाकिस्तानको अवलोकन गर्न सकिदो रहेछ । हामीले मनमोहिनीवन कम्प्लेक्समा गाडीबाट ओर्र्ली २३ गते उदयपुर जिल्लाका पर्यटकीय स्थल घुम्न जाने योजनाका साथ खाना खाइ रात्री विश्रामका लागि कोठा तर्फ प्रस्थान गर्यौं ।  २३ असोजमा बिहान ४ बजे उठी रिफ्रेस पश्चात दिव्यलोक भवनमा चिया खाइ करिब ५स्३० बजे उदयपुरका लागी रमाना भयौं । शान्तिवनबाट करिब २ घण्टाको दुरीमा उदयपुर पुग्नु पर्ने,त्यहाँका महत्वपुर्ण स्थल घुम्नु पर्ने हुँदा हामी प्रभातमै अगाडी बढ्यौ,गोमती दिदी सहित मिनिबसमा बसेर ।  बाटामा भजन गाउँदै,गित गाउँदै विभिन्न टनेल पार गर्दै,साथमा ल्याएको नास्ता दहीसित खाइ महाराणा प्रताप संग्रहालय हल्दीघाटीतर्फ प्रवेश गर्यौं ।

उक्त संग्रहालयका संस्थापक एवं रचनाकार डा मोहन श्रीमाली हुनुहुदोरहेछ । १ जना व्यक्तिको लगानीमा निर्मित उक्त संग्रहालयमा राजा उदयको राज्य एकीकरणताकाको प्रयास प्रस्तुत हुने विभिन्न दृश्य हेरी अगाडी बढ्यौं । तत्पश्चात हामी श्री नाथजिको मन्दिरको बाहिरी दर्शन गर्यौ,जसको नजिकै असाध्यै अग्लो शिवजीको मुर्ति समेत रहेछ,सो लगायत त्यहाँको बजार हेरी हामी भारतीय लोक कला मण्डलतर्फ गयौं जहाँ राजस्थानी र भारतीय वैशिष्टयका विभिन्न सामग्री राखिएका थिए । त्यहीँको चौरमा बसी करेलाको सुक्खा सब्जी,ब्रेड,रोटी खाइ संग्रहालयले निर्धारण गरेको अवलोकन शुल्क तिरी भित्र प्रवेश गर्यौ । त्यहाँको कठपुतली नृत्य हेरी,इतिहास झल्काउने सामग्री हेरीमानव निर्मित सरोवर९ड्याम० तर्फ प्रवेश गर्यौं । त्यहाँ बोटिंग गरी फोटा खिची,भिडियो बनाइ सिटी प्यालेस तर्फ प्रस्थान गर्यौं,जुन मेवाडका राजाको दरबार रहेछ ।  नारायणहिटी दरबार भन्दा नि ठुलो लाग्ने उक्त दरबारमा रहेका प्राचिन समयमा राजाहरुले प्रयोग गर्ने विभिन्न सामग्री हेरी दरबारको माथिल्लो तलाबाट उदयपुर सिटीको अवलोकन गर्यौं । उदयपुर वास्तवमै मनमोहक छ, सिटी प्यालेस लगायतमा दर्शकको असाध्यै घुइचो हुने गर्दछ । सो पश्चात राती समेत पर्न लागेकाले हामी म्युजिक डान्स सहित रमाउदै शान्तिवन पुग्यौं । बिग डाइनिंग हलमा खाना खाइ  रात्री शयनका लागी कक्षतर्फ प्रस्थान गर्यौं ।

२४ असोज९१० अक्टुबर०बाट ग्लोबल समिट सुरु हुनेवाला थियो,बिहानै नित्यकर्म पश्चात डाइमण्ड हलमा प्रवेश गर्यौं । प्रभातकालिन केही सुखी जिवन निर्माणका टिप्स सुनेर खाजा खायौं । डायमण्ड हल समेत विशाल रहेछ । करिब ३० हजार मानिस मज्जाले बसेर कार्यक्रममा सहभागी हुन सक्ने,ठाउँठाउँबाट भित्र इन्र्टी गर्न मिल्नेद्वार,सुन्दर थियो डायमण्ड हल । श्वेत प्रकारका कुर्सीमा बसेर कार्यक्रमको रसपान आफैमा आनन्ददायक थियो । सो दिन हामीलाई गोमती दिदिले  डायरी पेन,पुस्तक सहितको पोलीबेग दिनु भयो ताकि कार्यक्रमका विषयवस्तु टिपोट गर्न सजिलो होस ।बिहानीका सत्र पश्चात केही समय कोठामा व्यतित पश्चात दिउँसोको भोजन लिइहामी कार्यक्रम सभाहल तर्फ गयौं । सुरुमा त धर्मका विषयमा मात्र चर्चा हुन्छकि जस्तो पनि लागिरहेको थियो,पछि कार्यक्रममा बस्दै जादा थाहा हुन थाल्यो कार्यक्रमको ओज । प्रथम दिनको सत्रमा मानव श्रृजित क्रियाकलापबाट वातावरणमा परिरहेको असर, आधुनिक प्रविधिका उपयोगिता र सिमा जस्ता विषयमा मुख्य वक्ताहरुले महत्वपुर्ण उद्गार दिइ रहनु भएको थियो । वरिष्ठ एंकर मिनाक्षी जोशी सहित नेपालका प्रख्यात गायक आनन्द कार्की समेतको कार्यक्रममा प्रस्तुती थियो । राति ९ बजेदेखी १ घण्टा सांस्कृतिक कार्यक्रमको सेडुल थियो ।

रात्रीकालिन मानिसको जमघट,कुशल लाइटिंगको व्यवस्था चित्ताकर्षक थिए, त्यसैमा हरिश चन्द्र बाग सरको लाइभ टेलीकास्टबाट कार्यक्रमका बारेमा सबैलाई जानकारी गराउने विषय झन आकर्षक थिए । अन्तर मनमा शान्तपनाको अनुभुति शान्तिकुञ्जमा हुने गर्दछ । रात्रीको भोजन पश्चात हामी शान्तिवनबाट संस्थाले निःशुल्क सेवार्थ उपलब्ध गराएको बसमा बसी मनमोहिनी कम्प्लेक्स तर्फ गयौं । पैदल दुरी १० मिनेट जतिको मात्र भएपनि रात्रीको समयमा गुनाहरुको आक्रमण,जेब कतर्कहरुको समेत डर हुने हुनाले त्यहाँका सुरक्षाकर्मीहरुले बसमै गन्तव्यतर्फ जान निर्देशित गरिरहनु भएको थियो । सोबमोजिम गइ रात्री विश्राम तर्फ लाग्यौं । २५ असोज ९११ अक्टोबर० बिहानै रिफ्रस पश्चात शान्तिवन कम्प्लेक्सको बिग डाइमण्ड हलमा चप्पल,जुता खोली भित्र प्रवेश गर्यौं । बिहानीको समयमा आधा घण्टा योग चल्दो रहेछ,त्यसमा सहभागी भयौं । योगको सैद्धान्तिक अवधारणा र केही प्रयोगात्मक विषयबारे अभ्यास गराइने गर्दथ्यो । सो पश्चात प्रभातको सत्रमा जिवन जगतका केही प्रसंग,वास्तविक शान्तिको अवधारणा लगायतका विषयमा दादीहरुले प्रवचन दिनु भयो ।

मातृसत्तालाई केन्द्रमा राखेर मुख्यालय र अरु सेन्टर,सबसेन्टरमा महिलालाई प्रमुख बनाउने ओम शान्तिको कार्य अति अनुकरणीय छ,यहाँको प्रमुखको रुपमा महिलानै हुने गर्दछन । प्रवचन पछि बिहानको खाजा खाइ शान्तिवनको कम्प्लेक्स भित्र र बाहिरका स्थल हेर्न गयौं । आध्यात्मीक उन्नयन संगै भौतिक प्रगतिमा पनि फड्को मारेको ओम शान्ति संगठन ।  भित्रै संगमर्मर प्रकृतिका भाडा,मुर्ति बनाइदो रहेछ । कमसल प्रकृतिको पानीलाई संकलन गरि त्यसलाई प्रशोधन गरि पुन ःप्रयोग गर्ने मेसिन जोडिएका रहेछन । व्यक्तिहरुको वरियताअनुसार बस्नका लागि छुट्टाछुट्टै कम्प्लेक्सको व्यवस्था गरिएको छ । मानिसलाई प्रभावित गर्न र जैविक विविधता संरक्षण गर्न  विभिन्न जनावरहरु पालिएका छन,विभिन्न प्रकारका फुल सहितको बगैंचा प्रयाप्त छन,फोहरको त नामैछैन कतै पनि । त्यति कुराहरु हेरी सकेपछि हामीसुविधाको जिपमा चढि मनमोहिनीवन कम्प्लेक्समा आयौं । जहाँ हामीले गाड्लीउड स्टेशन हेर्यौं,जहाँबाट ओम शान्तिको पिस अप माइन्ड चेनलको विषयवस्तु प्रसारण तयारी,इज्छुक व्यक्तिको प्रतिभा रेकर्ड गरि प्रकाशन,प्रसारणको कार्य हुदो रहेछ ।

करौडौं मुल्य पर्ने उपकरण त्यहाँ जडान गरिएका विषय त्यहाँका व्यवस्थापकले बताउनु भयो । हेर्दामै आर्कषक थियो स्टुडियो । त्यस पश्चात केही जिज्ञासाको समाधान गरि हामी ओम शान्ति सम्बद्ध विषयवस्तुकै  फिल्म हेर्नका लागि सिट फिक्स गर्न अडिटोरियम तर्फ गयौं । गोमती दिदि र  मैले २६ गते दिउँसो २बजेको सिट फिक्स गराइसकेपछि  पुनः शान्तिवन कम्प्लेक्समा खाना खान गयौं ।  त्यहाँ खाना खाइ दिवासत्रको प्रवचन ९सत्संगमा० सहभागी भयौं । कार्यक्रममा कुनै दिन संघ सरकारका मन्त्री,कुनै दिन प्रदेश सरकारका मन्त्री,कुनै दिन कुनै राजकीय पद धारण गरेका व्यक्तिको विशिष्ट उपस्थिती र सम्बोधनले गरिमा वृद्धि गरिरहेको थियो । भारतका केन्द्रीय रेल मन्त्री अस्वीनी वैष्णवको भर्चुअल सम्बोधन अति आकर्षक थियो । पञ्जाब सरकारका वित्त मन्त्री हरपालसिंह चिमाको उद्बोधन अतिनै आकर्षक थियो ।दिउँसोको प्रवचन पश्चात केही घुमफिर,अराम गरि रात्रीको भोजन पश्चात हामी सांस्कृतिक प्रस्तुती हेर्न हलमा लाग्यौं । बढो साजसज्जका साथ यथार्थताकै अनुभुति हुने गरि प्रस्तुती दिइन्थ्यो,रात्री सत्रमा ।कुनै दिन नृत्य त कुनै दिन वादविवाद,नाटक जस्ता कलाका बहुविधामा प्रस्तुती हुन्थ्यो । उक्त कलाको रसपान पश्चात हामी आफ्नो शयन कक्षतर्फ प्रस्थान गर्यौ । ७ जना जतिको विरलै हुने जमघटको मज्जा हामीले रात्री गफ गरि लिइ रहेका थियौं ।

२६ असोज ९१२ अक्टोबर० बिहानै नित्य कर्म पश्चात हामी कार्यक्रम स्थल शान्तिवन कम्प्लेक्स तर्फ प्रस्थान गर्यौं । बिहान केहीबेर त्यहाँको परिसरमा वाक गरि प्रभातको मलिन हावा ग्रहण गर्यौैं ।  त्यहाँका वृजमोहन भाइजिले शरिर सोही दिन शरीर त्याग गरेकाले कार्यक्रम औपचारिक रुपमा नहुने भनि जानकारी प्राप्त भएको थियो । हामी बिहानको नास्तालाई त्यहाँबाट  करिब १५ मिनेटको दुरीमा रहेको सोलार प्यानल हेर्न गयौैं । प्राकृतिक सौर्य उर्जालाई संग्रह गर्नका लागि ठुल्ठुला प्यानल राखिएका रहेछन,सुरुमै भिडियो कक्षमा गइ हामीले त्यहाँका विषयवस्तुको दृश्यात्मक जानकारी लिइ त्यस क्षेत्रको अवलोकन गर्यौं । सयौको संख्यामा सोलार प्यानलबाट उर्जा संग्रहण गरि भोजन बनाउने,पानी तातो बनाउने लगायतका कार्यमा सोको प्रयोग हुदो रहेछ । सो कम्प्लेक्स भित्र केही फलका विरुवा समेत लगाइएका थिए जसले अझै आकर्षक वातावरण र लाभको विषयलाई जोडिरहेको थियो । तत्पश्चात हामी नजिकैको चट्टानका बिचमा अवस्थित मुकडी माताको दर्शनका खातिर त्यसतर्फ प्रस्थान गर्यौं ।

सोको दर्शन गरि बाटामा केही लुगाहरु किनि बिग डायनिंग हलको पहिलो तलामा भोजन गरि डेढ घण्टे फिल्म हेर्न अडिटोरियम तर्फ लाग्यौं ।  फिल्म हल जस्तै मनमोहिनीवन कम्प्लेक्सको हल अत्यन्त आकर्षक थियो । भित्ताको बत्ती निभेर पर्दाको उज्यालो आउन थालेसी हल कतिबेला अध्याँरो कतिबेला उज्यालो जस्तै भयो,जसलाई अर्धनिद्रा समयका रुपमा धेरैले प्रयोग गरि रहेका थिए । अंग्रेजीको १८०० औं शताब्दीको समयमा भारतबाट अलग भइ बनेको पाकिस्तानको सिन्ध प्रान्तमा जन्मेका दादा लेखराजमा तप बढ्दै गइ शिवबाबाको ज्ञान, ब्रह्मत्व बढ्दै गएसी ब्रह्मा बाबाको रुपमा लिन थालिएको रहेछ । दादा लेखराजको बाल्यकालको जिवन समय, निजले आत्मज्ञानको प्रचार गर्दा झेल्नु परेका समस्या लगायतका विषयमा उक्त फिल्ममा कथानक शैलीमा प्रस्तुत गरिएको थियो । उक्त फिल्म हेरी हामी रेष्ट गरि कार्यक्रम स्थल मनमोहिनीवन तर्फ आयौं । नेपालको कपिलवस्तु जिल्लाका एकजना भाइजिले हामीलाई शान्तिवनका विभिन्न स्थानबारे बताउनु भयो । त्यहाँका महत्वपुर्ण व्यक्ति९दादी०हरुको सम्झनामा बनाइएका मेमारियल पार्कबारे बताउनु भयो ।

बढो आकर्षक शैलीमा बनाइएका पार्कहरु जप,ध्यान गर्ने केन्द्र जस्तै छन । हामी पैदल हिन्दै विभिन्न स्थलको अवलोकन गरि जानकारी लिइ रहेका थियौं,हरिश सरले अडियो भिडियो रेकर्ड गरि रहनु भएको थियो ।  हामी संगै जानकारी लिने टिममा कपिलवस्तु,नवलपरासीका पालिका प्रमुख,कर्मचारी लगायत थिए । बिग डायमण्ड हलबारे जानकारी लिए पश्चात हामी भोजन विभाग अन्तर्गत सब्जी विभाग तर्फ गयौं । हजारौं मानिसलाई खुवाउन प्रयोग हुने सब्जी बडो व्यवस्थित तवरले राखिएको थियो । धेरै सब्जीलाई छिनमै काट्ने मेसिन त्यहाँ राखिएका थिए । सरसरफाइ अवर्णनिय थियो । चौकोसहरुमा बसेर सब्जी काट्न गरिदो रहेछ । त्यसपछि हामी खाना बनाउने मुल भान्सातर्फ गयौं । त्यहाँ धुलाई९सरसफाइ० चलिरहेको थियो । हजारौंको संख्यामा मानिसलाई खाना खुवाउन दाल,भात,तरकारी १ घण्टाभित्रै तयार गरिनेखाले सिस्टमका मेसिन त्यहाँ रहेछन । बाफखाले उर्जाबाट खाना पाक्दो रहेछ,जुन सोलारप्लान्टबाट आउदो रहेछ । चाँदीरंगका भाँडाकुडासहितको किचनको बढो गज्जबको सिस्टमबारे जानकारी लिन ओम शान्तिको उक्त टोली लामो समयदेखी निःशुल्क भोजन गराउदै आएको पञ्जाबको अमृतसरको गोल्डन टेम्पल पुगेका रहेछन । फलामका पिलरबाट निर्मित उक्त किचन बढो भुकम्पप्रतिरोधी समेत रहेछ ।

सागसब्जीको केही उत्पादन आन्तरिक रुपमा हुँदो रहेछ । अपुग सब्जी ल्याउन रातिको २ बजे करिबमा नजिकैको गुजरात राज्यको पालमपुर सब्जीमण्डी गाडी गइ ५ बजे फर्किदो रहेछ ।प्रत्यक्ष मानवीय श्रम भन्दानि प्रविधि परिचालनमा मानवीय श्रमको प्रयोग हुदो रहेछ । धान,गहुँ किनेर त्यसको कुटानी पिसानीको काम भित्रै हुदो रहेछ । रोेटी विभाग छुट्टै रहेछ ।थोरै समयमा सयौंको संख्यामा रोटी पकाउन सक्ने मेसिनको अवलोकन गरि चिया बन्ने मसिन हेर्यौं । ठुलो संख्यामा खाना पाक्ने भए पनि सरसफाइ र गुणस्तरमा कम्प्रोमाइज नहुँदो रहेछ । आवश्यक मरमसालाको अनुपातिक मिलावट देखी दालचिनिका पत्ताहरु प्रष्टै देखिन्थे खानामा भने चियामा पत्ताहरु र दुदमा हल्दी र सुगरलेस चिनिको मिश्रण ।  हामीले वाटर प्युरिफायर विभाग र ब्रेड विभागको पनि अवलोकन गर्यौ । भित्रै  हस्पिटल समेत रहेको छ जहाँ विभिन्न औषधि र उपचार हुने गर्दछ । साहित्य विभागमा थुप्रै साहित्यीक कृतिको उपलब्धता छ । न्युज सेन्टरमा न्युज पेपरको व्यवस्था । खोयापाया केन्द्रमा पाएको सामान बुझाउने र हराएको सामान अनुरोध गर्ने व्यवस्था रहेछ । मेक्रो माइक्रो हलहरु आध्यात्मीक लाभका लागि ।

टोली विभाग छुट्टै रहेछ ,जसको अर्थ प्रसाद हुने गर्दछ,त्यहाँबाट सबै सहभागीलाई प्रसादी व्यवस्थापन हुदो रहेछ ।  लौका,करेला लगायत विभिन्न फलफुलको जुसको पनि प्रभातकालिन समयमा उपलब्धता हुदो रहेछ,जसबाट स्वस्थ्तालाई प्रवर्धन गर्न सकियोस । रिसेप्सनमै सोधपुछसंगै नजिकका आध्यात्मीक र पर्यटकीय स्थल घुम्न गाडी बुकिंग एवं गन्तव्य स्थानका लागि रेल,बसको टिकट समेत बुकिंग गराइदो रहेछ । ओम शान्तिमा पुर्ण समर्पित भइ लागी गएका व्यक्तिहरुलाई बस्न शान्तिवन कम्प्लेक्समै व्यवस्था हुदो रहेछ,ताकि वहाँहरुले नजिकैबाट सेवागर्न सकुन ,निश्चित समय सेवा९सहयोग० गर्नैपर्ने हुँदोरहेछ । यात्रा भोजन विभाग छुट्टै रहेछ जसले यात्रामा निस्कने भक्त९सहभागी०का लागि धेरै दिन सम्म खान मिल्ने भोजन प्याक गरि उपलब्ध गराउदो रहेछ,हामीले समेत उदयपुरजादा त्यहींको भोजन प्रयोग गरेका थियौं । कम्प्लेक्स भित्रै एक स्थानबाट अर्कोमा घुमाउन ईलेक्र्टीक रिक्सा९श्वेत रंगको०व्यवस्था गरिएको थियो ।अनुहारमा मलिनता,निःस्वार्थ सेवाभाव,कर्तव्यपरायणता,सबै सामग्री प्रायःआफै उत्पादन,तयारी गर्ने प्रवृति बढो सुन्दर छन यहाँका । उपरोक्त ठाउँहेरी सकेपछि हामी मान सरोवर९केही परको कम्प्लेक्स० हेर्न जिपमा चढि गयौं,साथमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ता र रामग्राम नगरपालिकाका उपप्रमुख समेत हुनु हुन्थ्यो । दिल्ली जाने हाइवे हुदै जानु पर्ने रहेछ मानसरोवर कम्प्लेक्समा ।करिब आधा घण्टाको गाडीको यात्रा पश्चात हामी ज्ञानामृत प्रेसतर्फ गयौं । आइतबार परेकाले कार्यालय बिदा थियो तैपनि हामीले बाहिरबाटै छापाखाना लगायत हेर्यौं । ओम शान्तिको मासिक पत्रिका लगायत साहित्यीक सामग्री  त्यहींबाट छपाइ हुदा रहेछन । तत्पश्चात हामीआदर्श गौशाला गयौं । गोरु जस्तै सिङ भएका दुधालु गाइ,साडेहरु त्यहाँ थिए ।सरसफाइकर्मीहरुले सरसफाइ,घाँस व्यवस्थापन गरिरहनु भएको थियो । त्यहाँ ओमको ध्वनि पनि बजाइदो रहेछ,ताकि गाइहरुले त्यसबाट आनन्दको अनुभुति गर्न सकुन । गाइबाट प्राप्त हुने दुध मानसरोवर लगायतका कम्प्लेक्समा जादो रहेछ ।

तत्पश्चात हामी गौशालाको छेउमैरहेको मानसरोवर कम्प्लेक्स तर्फ गयौं । पश्चिमी बगनास नदि छेउमै रहेको उक्त भवनमा गइ सुरुमा हामीले चिया ग्रहण गर्यौं । तत्पश्चात माथिल्लो तलाको छतमा रहेको टेरेस गार्डनमा गयौं । छतको कौशीमा सिस्टमेटिक तवरले माटो भरि त्यसमाथि बगैंचा बनाइएको थियो,विभिन्न विरुवासहितको ।सोको अवलोकनका क्रममा महेन्द्रनगरबाट सहभागी भएका शिक्षा अधिकृत दिपेन्द्र विष्ट र शिक्षक भगिरथ पाण्डेयसित भेट भइ फोटो सेसन भयो । उपयोगिताको सिद्धान्तलाई बोध गराउन,थोरै ठाउँमा पनि आवश्यक कुरा फलाउन, गर्न सकिदैनकि भन्ने ठाउँमा पनि गर्न सकिन्छ भन्ने बोध गराउन छत माथिको टेरेस गार्डन महत्वपुर्ण छ । मानसरोवर कम्प्लेक्स पनि अरु कम्प्लेक्स जस्तै हो जहाँ कार्यक्रममा सहभागी हुन आएकालाई बस्न,खान व्यवस्था छ भने लघुखालका हल मौजुद छन भने वृहत खालको हल निर्माणाधिन छ । पानीको त्यति धेरै सहजता नहुने राजस्थानमा नदिको सहायतालिइ पानी संकलनमा सहजताको अपेक्षा गरिएको रहेछ । तत्पश्चात हामी तपोवन गयौं जहाँ सागसब्जी र फलफुलको बगैंचा रहेछ । ड्र्यागन फ्रुट,काजु देखी इलाइची हुदै विभिन्न विरुवा, बगैंचाको हामीले ई—रिक्सामा बसेर गर्यौं ।

तत्पश्चात हामी मनमोहिनी कम्प्लेक्स आयौं ,त्यहाँबाट कपिलवस्तुतिरको टोली सोलार पलान्ट हेर्न गयो भने हामी चाँहि पिएम पार्क हेर्नगाडीबाट ओर्ली त्यसतर्फ लाग्यौं । शान्तिवन इन्र्टी गर्ने गेटबाट करिब १० मिनेटको दुरीमा रहेको प्रकाशमणिको सम्झनामा निर्माण गरिएको उक्त पार्कभित्र समेत बगैचा रहेको छ र थ्रिडि फिल्म ठुलो पर्दामा देखाइदो रहेछ । निःशुल्क भएपनि टिकट लिएर प्याराफिट तर्फ जान पाइदो रहेछ । ३ तिर खुला ,अगाडीको वालमा फिल्म देखाइदो रहेछ,बिचमा  लाइीटंगयुक्त पानीको फहरा । दादा लेखराजकै जिवन गाथा,ज्ञानप्राप्ती र ज्ञान बाड्दाका प्रसंगहरु फिल्मकै रुपमा प्रस्तुत गरिएका थिए जुन हामीले अघिल्लो दिन हेरेको फिल्मसित मिल्दोजुल्दो थियो,प्रस्तुतीको पर्दामात्र फरक । नविन फिल्म स्थलको अवलोकन लिइ आउदा हाम्रो समुहका सदस्य पल्लव भट्ट समेत त्यहाँ आइ सक्नु भएको थियो । बाटामा जेरी पान गरि हामी शान्तिवन कम्प्लेक्समा पुगि खाना खाइ बस्ने गरेको मनमोहिनीवन कम्प्लेक्समा गइ आराम गर्यौं ।

२७ असोज९१३ अक्टोबर० कार्यक्रम औपचारिक समापनको दिन थियो,त्यहाँका महत्वपुर्ण व्यक्ति वृजमोहन भाइजिले शरिर त्याग गरेकाले खासै रौनक थिएन । हाम्रो सहभागिताको प्रमाणपत्र गोमती दिदिले बुझेर ल्याइ दिनु भयो र बेलौरी उपकेन्द्रमा कुनै कार्यक्रमकाबिच बाँड्ने योजना समेत बताउनु भयो ।नास्ता सुरुमै लिइसकेका हामी नजिकैको बजारमा किनमेल गर्न भनि आयौं । मानसरोवर,गौशाला अघिल्लो दिन नगएका सहभागीहरु त्यतातर्फ जानु भयो । त्यस दिनलाई समेत कुनै नयाँ ठाउँ घुमेर प्रयोग गर्नुपर्छ भनेर हामी ८ जनाको समुहमा राजस्थानकै जालौर जिल्लामा पर्ने सुन्धा पर्वत स्थित चामुण्डा मन्दिर,मरुभुमी हेर्न र केवलकारको आनन्द लिन एउटा जिब बुक गरि त्यसतर्फ लाग्यौं । बाटामा केदार भण्डारी सर लगायत हामी गफिदै अगाडी बढिरहेका थियौं भने इजरालमा हमासद्धारा वेपत्ता पारिएका विपिन जोशीको निधनको समाचारले मन गर्हुँगो पारिरहेको थियो ।हामी करिब २ घण्टा बढिको समय लगाइ सुन्धा पर्वत मन्दिर नजिक पुग्यौं । रिफ्रेश पश्चात त्यहाँको ट्रस्टबाट सञ्चालित १० रुपैयां भारुमा खाना खाइ केबलकारको टिकट लिइ सोमा चढि फोटो भिडियो लिदै अर्को जंक्सन पुग्यौं ।

केबलकार माथिबाट तल चट्टानहरुको दृश्य बडा सुन्दर थिए,केबलकारलाई त्यहाँ उडनखटोला भनिदो रहेछ । चामुण्डा माताको पुरानो भव्य मन्दिर रहेछ त्यहाँ । केवलकार र पैदल९सिँडीमार्ग०बाट उत्तीकै पर्यटक आउँदा रहेछन । आँगनमा २ जना युवाहरु ढोल बजाइ रहेका र त्यसमा नाँच्नेहरुको दृश्य बढो सुन्दर थियो । म बाहेक सबै मित्रहरु मन्दिर दर्शनार्थ माथी जानु भयो ।माथि पहाडबाट आउने पानीलाई मन्दिर परिसरमा ल्याइएको थियो,सुन्दरता प्रवर्धनका लागी । राजस्थानको पहाड बढा गज्जबखालको छ ।  न धेरै भिरोलो, न धेरै कडा । ठाउँअनुसार फरक हुने नजिकैमा पनि । बालुवै बालुवाको उकालोको मरुभुमी चढ्न हामी त्यता प्रस्थान गर्यौं । हिन्दाखेरी खुट्टा धसि हाल्ने । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै हामी करिब मध्य सम्म त जान सक्यौं,त्यो भन्दा माथि झनै उकालो,बालुवामा खुट्टा धसिहाल्ने । बढो अनौठौ र कठिन हुने रहेछ मरुभुमिको यात्रा भन्ने बोध भयो । उपमेयर र हरिश सर वैकल्पीक मार्ग प्रयोग गरि चुचुरोमा पुगि जल पिइ आउनु भयो । ओरालो जान त केइ समय नलाग्दो रहेछ,छिनमै पुगिने । उकालो जान घोडा समेत प्रयोग गर्न मिल्दो रहेछ । तल पुगिसकेपछि केहीले रमाइलोका लागी उँटमा चढि फोटा लिनु भयो । त्यसपछि हामी पुनः केबलकारबाट तल ओर्लियौं,एकल र सामुहिक फोटालिइ त्यताका छुट्टै परिकारको नास्ता लिइ गफिदै करिब ८ बजे रातितिर शान्तिवन कम्प्लेक्स पुग्यौं । बिग डायनिंग हलमा खाना खाइ शयनका निम्ति मनमोहिनी कम्प्लेक्सतर्फ लाग्यौं ।

२८ असोज९१४ अक्टुबर०मा हामी नित्यकर्म पश्चात रिफ्रेस भइ बे्रकफास्ट लिइ गुजरात राज्यमा पर्ने नजिकैको अम्बाजीको मन्दिर दर्शन गर्न जिपमा बसी त्यसतर्फ प्रस्थान गर्यौं ।  राष्ट्रिय राजमार्गलाई पछ्याउदै त्यता पुगिदोरहेछ । शान्तिवन बाट करिब १ घण्टाको दुरीमा रहेछ अम्बाजीको मन्दिर । जुत्ता चप्पल धेरै ओर खोलेर हामी मन्दिर तर्फ गयौं । कलात्मक ढंगले निर्माण गरिएको मन्दिर सुन्दर एवं विशाल थियो । त्यहाँको दर्शनका क्रममा केदार सर छुटेको प्रसंगले सबैलाई झसंग बनाइरहेको थियो ।  केवलकार लगायत पार्क हेर्न भनि त्यहाँ पुग्दा अनुगमन टोलीबाट सोको चेकजाँचका लागी बन्द भएको थाहा लिइ बाटामा बेच्न राखिएको मही खाइ जैन मन्दिर दर्शन गर्न प्रस्थान गर्यौं । त्यता जादा बाटामा केदारसरलाई देखेसी हाम्रो समुहमा फर्किदा समाहित गर्ने कुरा सहित मन्दिर दर्शन गरि गफिदै शान्तिवन कम्प्लेक्स पुग्यौं । खानाखाइ सरसामान,लुगा खरिद गरि मनमोहीनीवनतर्फ प्रस्थान गर्यौं । राजस्थान बढि सुक्खा क्षेत्र भएर होला,मसलामा प्रयोग हुने जिरा बढि फल्दो रहेछ र अलिक सस्तो  हुदो रहेछ त्यता । खानाखाइ हामी बसमा चढि शान्तिवन कम्प्लेक्सको रिसेप्सनमा आयौं,त्यहाँबाट यात्रा भोजन प्रसाद लिइ, आफुसितको परिचयपत्र बुझाइ पुनःअर्कोबसमा चढि आबुरोड रेल्वेस्टेशनमा पुग्यौं । गेस्टहरुलाई पनि ओहोदाअनुसार अलग अलग समुहमा बाँडि भिन्न भिन्न रंगको परिचयपत्र दिइदो रहेछ । राति करिब ११बजेको गरिबरथ ट्रेन थियो हाम्रो । प्रतिक्षाको समयमा चिया,रबडी खायौं । स्टेशनको चहलपहलको आनन्द लियौं,तस्बिर समेत मोबाइलमा संग्रह गर्यौं । त्यहाँका पसलहरु राति१२ बजेसम्म त सामान्यतया खुला हुँदारहेछन । दिनमा भन्दा राति झन चहलपहल र रमाइलो । त्यहि भएर त भनिदो रहेछ,इन्डिया कहिल्यै सुत्दैन । अग्ला ट्रेन बान्द्रा से दिल्लीके आरहहाहै । कृपया यात्री ध्यानदे जस्ता सूचनाहरु अडियो र भिडियो दुवै माध्यममा प्रकाशन, प्रसारण भइ रहन्थे । हामी सिटमुताबिक रेलमा बसि  क्रमशः विश्राम गरि बिहान उठ्यौं । २९ असोज ९१५ अक्टोबर०मा रिफ्रेस पश्चात गफ गर्दै चिया लियौं,सोसितै यात्री भोजनका रुपमा बोकेको रोटी खायौं । स्मरण रहोस शौचालय लगायतको प्रबन्ध रेलभित्रै हुन्छ भने सिटमा बसेर आरामदायक यात्राका लागि करिब ३ महिनापुर्वनै टिकट रिजर्वेसन गर्नुपर्छ । यात्रामा टिटिले अरु समयमा जस्तै टिकटको वैधता जाँच गरिरहेका थिए । एउटै टिटिले सुरुदेखी अन्त सम्म नहेरी निश्चित दुरी निजहरुका लागी निर्धारित हुदो रहेछ ।

हामी गफगर्दै बाहिरी फाँट,बस्ती हेर्दै ११ बजे दिनमा सराय रोहिल्ला स्टेशनमा पुग्यौं र क्रमशः उत्रिएर आकाशेपुल प्रयोग गरि नगरबसका लागि कुयौं,हामीले महेन्द्रनगर फिर्ता हुन आनन्दविहार बस स्टेशन जानु थियो । उक्त बस ढिला आउने भएसी जिप बुक गर्यौं, मजलिस पार्क जाने तरुन भैया र गोमती दिदिसित बिदा मागी करिब १ घण्टाको समयमा आनन्दविहार पुग्यौं । थकान महसुस भइरहेको थियो,रिफ्रेस पश्चात शान्तिवनबाट यात्राभोजनका लागि मिलेका रोटीलाई चिया र चनाकिनि सोसित खाइ बसपार्ककै महेन्द्रनगर काउण्टरछेउ आराम गर्न लाग्यौं । हाम्रो टिमका केही व्यक्तिहरु थप सपिंगका लागी मेट्रो चढि पालिकाबजार सपिंग कम्प्लेक्स जानु भयो,त्यताँ नजाने व्यक्तिहरु आराम गरी,नजिकै यताउती घुमि समय व्यतित गरिरहेका थिए । राति ७ बजे महाकाली यातायातको म।प्र ३८०६ नम्बरको आधुनिक सुविधासम्पन्न स्लीपर सहितको गाडीमा महेन्द्रनगरका लागि प्रस्थान गर्यौ । गजरौला भन्दा अलिवरै खाना खायौं । भारतीय राजमार्गमा धेरैनै गाडीहरु चल्ने भएकाले अत्याधिक ट्राफिक हुने गर्दछ । खानाखाने प्रसंगमा पनि बसहरुले अलिक चर्को मुल्य भएको होटलमा लगेर रोकिदिने र यात्रुहरु नजिकका यताउताका होटलमा खाजा, खाना खान विवश हुन्छन् । ३० असोज९१६ अक्टोबर०मा करिब ७ बजे हामी बनबासा पुलमा पुग्यौं,सुरक्षा जाँच गराइ नेपालतर्फको गड्डाचौकीमा पनि झोला जाँच गराइ महेन्द्रनगर शिव मन्दिर छेउमा दिल्ली महेन्द्रनगरको बसबाट ओर्ली बेलौरी जान बुकिंग गरिएको महाकाली यातायातको ५२५ नम्बरको बसमा बसी कलुवापुरमा चिया खाइ,फलफुल किनि चान्देव,बल्मी,रामनगर हुदै करिब ११ बजे सकुशल रुपमा गन्तव्य बेलौरी पुगी आआफ्नो निवास तर्फ लाग्यौं ।

यात्रा टोलीका सदस्य १ पार्वती दिदि  २ जोगराम चौधरी ३ पल्लवराज भट्ट ४ हरिश चन्द्र बाग ५ अशोक सुवेदी तथा उहाँकि धर्मपत्नी ६ अमित प्रसाद भट्ट ७ तारा विष्ट तथा उहाँकि धर्मपत्नी ८ शान्ति खडायत ९ राजकुमार भण्डारी १० विष्नु सुवेदी ११ केदार बहादुर भण्डारी १२ शालिगा्रम सुवेदी र उहाँकि धर्मपत्नी १३  दिनेश राना (लालझाडी गाउँपालिका) १४ गोमती दिदि (दिल्लीबाट सहभागी) १५ तरुन गर्ग (दिल्लीबाट सहभागी) नाम स्मरण हुन नसकेका केही व्यक्तिहरु लालझाडी गाउँपालिका र दिल्लीबाट सहभागी भएका । यात्रा अवधि  २०८२।६।१९ देखी ऐ ६।३० सम्म

अमित प्रसाद भट्ट
भीमदत्त न.पा.७ हल्दुखाल, राम मन्दिर टोल,
कञ्चनपुर, सुदूरपश्चिम प्रदेश

ताजा समाचार

spot_img