आरक्षपीडित संघर्ष समितिका अध्यक्ष भण्डारीको निधन

कञ्चनपुर : आरक्षपीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिह भण्डारीको निधन भएको छ । मंगलबार महाकाली अस्पतालमा उपचारका क्रममा अध्यक्ष निधन भएको हो । भूमि अधिकारका अभियन्ता भण्डारीको ६६ बर्षकोे उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ । अध्यक्ष भण्डारीका भाई बलबिर सिह भण्डारीले मृगौला सहितका रोगबाट पीडित भण्डारीको उपचारकै क्रममा निधन भएको बताए ।
मंगलबारै अध्यक्ष भण्डारीको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । तत्तकालिन नेकपा माओवादी केन्दका नेता समेत रहेका नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरका नेता कैलास सुनार, आनन्द सिह धामी सहितले भण्डारीको पार्थिव शरिरमा पाटीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए । भण्डारीको निधनसंगै आरक्षपीडित, भूमिपीडितको खम्बा ढलेको पीडितले बताएका छन । लामो समयदेखि आरक्षपीडितको पुर्नस्थापनाका लागि निरन्तर अग्रमोर्चामा रहेका भण्डारीको निधन भएसंगै घरपरिवार सहित आरक्षपीडित शोकाकुल भएका छन । अध्यक्ष भण्डारीको देहान्त भएसंगै विभिन्न क्षेत्रबाट श्रद्धान्जली प्रकट गरिएको छ ।

ताजा समाचार

spot_img