बेलडाँडी शिक्षक दरबन्दी मिलान : रौलेश्वरका तत्तकालिन हेडसर कृपारामलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले सामुदायिक विद्यालयमा गरेको दरबन्दी मिलान बिरुद्धमा अदालत पुगेका एक शिक्षक९हेडसर०लाई अदालतले अन्तरिम आदेश दिएको छैन । गाँउपालिकाले चालु शैक्षिक सत्र ०८२मा माध्यामिक स्तर विद्यालयका केही शिक्षक(हेडसर)हरुकोे दरबन्दी मिलान गरेको थियो । ग्रामिण भेगका सामुदायिक विद्यालयको बृद्धि विकासका लागि गाँउपालिकाले प्रद्यानाध्यापक(हेडसर)हरुकै सरुवा गरेर दरबन्दी मिलान गरेको थियो । गाँउपालिकाले रौलेश्वर माविका प्रद्यानाध्यापक कृपाराम उपाध्यायलाई गणेशमावि भुर्षा, गणेश माविका प्रद्यानाध्यापक जनक थापालाई सरस्वती मावि झर्नासागर र सरस्वतीका प्रअ विष्णूसिह भण्डारीलाई रौलेश्वर माविमा सरुवा गरेको थियो ।

मावि तृतिय श्रेणी स्थायी प्रकृतिका शिक्षकत्रय भण्डारी, थापा र उपाध्यायसंगै अर्का मावि तृतिय राहतका शिक्षक मोहन जोशीको सरुवा गरेको थियो । प्रअद्वय भण्डारी र थापाले नयाँ विद्यालयमा हाजिरी लगाईसकेका थिए । तर, रौलेश्वर माविका प्रअ कृपाराम उपाध्याय गाँउपालिकाले गरेको निर्णयमा सहमती जनाउँदै सरुवा रोक्का९स्टेअडर०का लागि अदालत गएका थिए । सिधै सर्वोच्च अदालत काठमाण्डौँ पुगेका उपाध्यायको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उपाध्यायले १८ कार्तिक ०८२ मा सर्वोच्च अदालतमा दायर गरेको रिटमा दुई पक्षीय छलफल गराउँदै २४ कार्तिक ०८२मा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छैन । सर्वोच्च अदालका प्रधान न्यायाधीश प्रकाश मान सिंह रावत, न्यायाधिश बाल कृष्ण ढकाल सहितका न्यायाधिशको पूर्ण इजलास बाट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी नहुने आदेश भएको हो ।

निवेदक कृपाराम उपाध्यायले गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषण सम्बन्धी निवेदनमा निवेदकका तर्फका अधिवक्तत्रय मनिराम उपाध्याय, धर्मराज खनाल र हरिशरण कार्कीले गर्नुभएको बहस गरेका थिए । बेलडाँडी गाउँपालिकाको तर्फबाट गाउँपालिकाका कानुनी सल्लाहकार उद्धव राज भट्टले गरेका थिए । यस्तै रौलेश्वरका अर्का शिक्षक मोहन जोशीले समेत उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा पनि उच्च अदालत महेन्द्रनगर ईजलासले अन्तरिम आदेश दिन नमिल्ने आदेश जारी गरेको थियो । संविधानले नै माध्यामिक तहका शिक्षाका हक अधिकार पालिकाले अधिकार प्रदान गरेकाले कानुन अनुरुप शिक्षक सरुवा गरेपनि शिक्षकद्वय जोशी र उपाध्यायले शिक्षक सरुवामा सहमती जनाएर न्यायालय पुगेपनि अहिलेलाई अन्तरिम आदेश नदिएपछि उनीहरु अब बाध्य भएर सरुवा गरेको स्थानमा जानुपर्ने देखिएको छ ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले आन्तरिक दरबन्दी मिलानको उद्देश्य कुनै व्यक्तिलाई नोक्सान पु¥याउने होइन, बरु शिक्षकलाई नयाँ ठाउँमा नयाँ उत्साहका साथ काम गर्न प्रेरित गर्दै सामुदायिक विद्यालय सुधारा लागि भएको बताए । ‘सरुवाले स्वम शिक्षक, विद्यार्थीमा पनि नयाँ उर्जा र शैक्षिक सुधारको वातावरण सिर्जना हुन्छ, ‘उनले भने, ‘यसबाट सामुदायिक विद्यालय सुधारोन्मुख हुनेछन ।’ शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत स्रोत व्यक्तिहरूले पनि पालिकाको शिक्षा सुधार कदमलाई सुधारमुखी र व्यावहारिक पहलका रूपमा व्याख्या गरिरहेका छन । अभिभावकहरुले समेत सरुवा गरेको विद्यालयमा ईमान्दारितापुर्वक पठन पाठन गराए विद्यालय सुधारोन्मुख तर्फ उन्मुख हुन शिक्षकहरुका अनुरोध गरेका छन ।

ताजा समाचार

spot_img