पप्पु गुरुङ्ग, दोधारा । किसानहरुले उत्पादन गरेको तरकारीहरु बलल आएर बजारमा बिक्री हुन थालेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मिलन चौराहमा स्थानिय किसानहरुले उत्पादन गरेको तरकारी र फलफुल प्रकाश सुनार (मुसा भाई) ले खरिद गरि बिक्री गर्न सुरु गरेपछि स्थानिय किसानहरुलाई केही राहत महशुस भएका छ् । आफुले उत्पादन गरेको काउली, बन्दगोभी, गोलभेडा, फर्सी, रायो लगाएत तरकारी बिक्री नहुदा समस्यामा पर्दै आएका दोधारा चाँदनी नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको तरकारी बजारमा बिक्रि हुन थाले संगै केही राहत भएका किसानहरुले बताएका छन् ।

झण्डै एक महिना देखि दोधारा चाँदनी नगरपालिका– ६ निवासी प्रकाश सुनार (मुसा भाई) ले तरकारी र फलफुल पसल सञ्चालन गरेका हुन् । स्थानिय किसानहरुले उत्पादन गरेको तरकारीहरु खरिद गरि बिक्री गरि उनिहरुको आर्थिक पार्जनमा सघाउ पुगाउने आफ्नो लक्ष्य रहेको प्रकाश सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका किसानहरुले उत्पादन तरकारी बिक्री नहुदा परेको समस्यालाई मनन् गरि आफुले उनिहरु ताजा तरकारी खरिद गरि थोरै रकम मुनाफा लिएर बिक्री गर्दै आएको उहाँले बताउनुभएको छ् ।

दैनिक गरिव, विपन्न तथा असाहयहरुलाई आफुले सके जती तरकारी सहयोग गर्दै आएको समेत प्रकाश सुनारले बताउनुभयो । ‘६० वर्ष भन्दा माथिका एकल महिला र वृद्ध व्यक्तिहरुलाई उनिहरुको अवस्था अनुसार फलफुल तथा तरकारी निशुल्क वितरण गर्दै आएको छु’ प्रकाश सुनारले भन्नुभयो ।

स्थानीय किसानहरुले उत्पादन गरेको ताजा खरिद गरि बिक्री संगै गरिव, विपन्न तथा असाहयहरुलाई निशुल्क तरकारी उपलब्ध गराई आफ्नो समाजिक उत्तरदायित्व समेत पुरा गर्दै आएको प्रकार सुनारको दावी छ् ।





