जिल्लाका पाँच क्षेत्रमा अन्तरविद्यालय फुटबल छनौट हुने, तोकिए संयोजक!

यू-१४ छात्रा/छात्र अन्तरविद्यालय स्तरीय फुटबल छनौट प्रतियोगिता -२०८२ सञ्चालनका लागि पाँच क्षेत्रका संयोजकले पाए जिम्मेवारी

महेन्द्रनगर: कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता -२०८२ सञ्चालनका संयोजक लगायत सम्पर्क व्यक्तिको नामावली सार्वजनिक गरिएको छ।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकबाट कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय स्तरीय छनौट प्रतियोगिता सञ्चालन गर्नका लागि दर्ता मिति घोषण गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

उनका अनुसार, जिल्लाका पाँच वटा क्षेत्रमा अन्तरविद्यालय छात्रा/छात्र फुटबल प्रतियोगिताका लागि छनौटका संयोजक प्रशिक्षक र सदस्यलाई जिम्मेवारी दिएको हो। प्रतियोगिताका लागि कार्तिक २२ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क २ हजार १ सय तोकिएको छ। संघले विद्यालयलाई आफ्नो पायक पर्ने जुनसुकै क्षेत्रमा टिम छनौटका टिम दर्ता गर्न सकिने बताएको छ। एउटै विद्यालयले दुई ठाउँमा भने टिम दर्ता गराउन पाइने छैन भनेर सूचनामा उल्लेख गरिएको छ।

बेल्डाँडी गाउँपालिका क्षेत्रका लागि संयोजकको जिम्मेवारी धनबहादुर महता (बिकाश) सदस्यमा लोक बहादुर बलायर, प्रशिक्षक सुभाश कोलि, कृष्णपुर नगरपालिकामा संयोजक प्रजापति भट्ट, प्रशिक्षक भरत महत, सदस्य हेमन्त राना, पुनर्वास नगरपालिकामा संयोजक दाउत तामाङ, सदस्य शुक बहादुर तामाङ, प्रशिक्षक हिमाल मल्ल, दोधारा चाँदनी नगरपालिका संयोजक किरण परियार, सदस्यहरु रोहित लेखक, विशाल पुन र भीमदत्त नगरपालिका संयोजक राजप्रताव सिंह, सदस्य शंकर चन्द, प्रशिक्षकमा पुष्कर शाही लाई जिम्मेवारी दिएको छ।

विभिन्न क्षेत्रमा छनौट भएका विद्यालयहरुका बिच प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने छ। ग्रासरुट फुटबल बिकासका लागि विद्यालय स्तरबाट माथी उकास्नका लागि एन्फाले यू-१४ छात्रा/ छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो। उक्त छनौट प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालका छात्रा/छात्र टिमले सहभागिता जनाउन पाउने छन्।संयोजक लगायत सम्पर्कव्यक्तिको नामावली:

ताजा समाचार

spot_img