दोधारा चाँदनीको दुर्गम बस्ती बडुवाल टोलमा पहिलो पटक भलिवल प्रतियोगिता

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भलिवल प्रतियोगिता सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा दिपावलीको अवसरमा पहिलो पटक भलिवल प्रतियोगिता सुरु भएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र शिवशक्ती युवा बिकास समाज दोधारा चाँदनीद्धारा आयोजनामा दोधारा चाँदनी नगरपालिकाको दुर्गम तथा हात्तीपिडित बस्ती बडुवाल टोलमा पहिलो पटक भलिवल प्रतियोगिता सुरु भएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

युवाहरुलाई कुलतबाट जोगाउन र खेल प्रति युवाहरुलाई आकर्षण गराउन दिपावलीको अवसरमा भलिवल प्रतियोगिता सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । नगर क्षेत्रमा भलिवल खेलको गतिविधी बढ्दै जादा दोधारा चाँदनी नगर क्षेत्रको पहिचान र चिनारी भलिवल खेल बन्न थालेको आफुले महशुस गरेको उहाँले बताउनुभएको छ् । युवाहरुमा भलिवल प्रतिको चाँसो र उत्साहलाई मध्यनजर राख्दै नगरपालिका कार्यालय, वडा कार्यालय र बिभिन्न संघ–संस्थाले भलिवल खेलमा लगानी लगाउदै आएको नगर प्रबक्ता धनाडीको भनाई रहेको छ् ।

शिवशक्ती युवा बिकास समाज दोधारा चाँदनीका अध्यक्ष दिपक नेपालीले दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिएको बडुवाल टोलमा पहिलो पटक भलिवल प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा रहेका ९ वटा भलिवल टिम प्रतियोगितामा सहभागी भएको उहाँले बताउनुभएको छ् । युवाहरुलाई कुलतबाट जोगाउन र नगर क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुर्‍याउने अपेक्षा राखेको शिवशक्ती युवा बिकास समाज दोधारा चाँदनीका अध्यक्ष दिपक नेपालीले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उद्धघाटन गर्नुभएको वडा स्तरिय भलिवल प्रतियोगिता ३ दिन सम्म चल्ने आयोजक संस्था शिवशक्ती युवा बिकास समाज दोधारा चाँदनीले जनाएको छ् ।

 

 

ताजा समाचार

spot_img