दोधारा । दोधारा चाँदनी नगरपालिकामा अन्तर नगर स्तरिय पुरुष फुटवल प्रतियोगिता सञ्चालन भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथानमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अन्तर नगर स्तरिय पुरुष फुटवल प्रतियोगिताको समउद्धघाटन गर्नुएको छ् ।

दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा सञ्चालन भएको फुटवल प्रतियोगितामा १२ फुटवल टिम सहभागी रहेको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका उपाध्यक्ष चमन खड्काले जानकारी दिनुभएको छ् ।

प्रथम हुने फुटवल प्रतियोगितालाई नगद रु. ५५ हजार १ सय र द्धितिय हुने टिमलाई रु. २५ हजार नगद धनरासी तथा प्रमाण पत्र प्रदान गरिने आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।

