शुक्लाफाँटामा वडा स्तरीय खुला टी–१० टेनिस बल क्रिकेट प्रतियोगिताको उपाधि बसन्तपुर युनाइटेडलाई

झलारी :  तिहारको विशेष अवसरमा शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा आयोजित वडा स्तरीय खुला टी–१० टेनिस बल क्रिकेट प्रतियोगिताको उपाधि वडा नं १२ को बसन्तपुर युनाइटेडले हात पारेको छ ।सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बसन्तपुर युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी(एपिएफं)को टिमलाई पाँच विकेटले हराउदै रु ४१ हजार एक सय एक नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।र प्रतियोगिताको उपविजेता सशस्त्र प्रहरी(एपिएफ)को टिमले रु २० हजार एक सय एक नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट व्याट्सम्यान लक्ष्मण पार्की, उत्कृष्ट बलर दिपक ऐर, म्यान अफ द सिरीज भरत बिष्ट र उदियमान खेलाडी अर्नव विक ले जनही रु एक हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता अमरपुर युथ क्लबको आयोजना तथा श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा, आइसिसीको नियमअनुसार लिग चरणमा खेलाइएको थियो ।

प्रतियोगिताको समापन समारोहको अध्यक्षता अमरपुर युथ क्लबका अध्यक्ष डम्बर बहादुर ऐरले गर्नुभएको थियो भने मुख्य अतिथि वडा अध्यक्ष शेर बहादुर साउद रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐर रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले खेलकुदले स्थानीय समुदाय मात्रै नभई देश र अन्तर्राष्ट्रिय स्तरमा समेत क्षेत्रको पहिचान बढाउने माध्यम भएको बताउनुभयो । उहाँले खेलकुदलाई प्रोत्साहन गर्नका लागि वडा र नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि अमर बहादुर ऐरले सामुदायिक वनले सामाजिक तथा खेलकुदका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको बताउनुभयो ।उहाँले आगामी दिनमा पनि खेलकुद र सामाजिक क्षेत्रका कार्यक्रमहरूमा सहयोगको निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका सभापति डम्बर बहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय युवामा खेलकुदप्रति जागरण ल्याउने उद्देश्य सफल भएको बताउनुभयो

ताजा समाचार

spot_img