महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा प्रथम बेल्डाँडी गाउँपालिका स्तरीय अध्यक्ष कप टि-२० क्रीकेट प्रतियोगिता २०८२ सुरु भएको छ।

शुक्रबार बेल्डाँडी गाउँ खेलकुद बिकास समिति द्धारा प्रथम पटक आयोजना गरेको बेल्डाँडी गाउँपालिका स्तरीय अध्यक्ष कप टि-२० क्रीकेट प्रतियोगिता २०८२ एक कार्यक्रमका साथ उद्धघाटन भएको हो।

प्रतियोगिताको उद्धघाटन कार्यक्रमका सभापति बेल्डाँडी गाउँ खेलकुद बिकास समिति अध्यक्ष डम्बर सुनार प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्ती नाथ अतिथिमा वडा नं. ०२ का वडा अध्यक्ष नारद सिंह उर्याल,वडा नं.०५ का अध्यक्ष इन्द्र बहादुर खड्का र वडा नं.०३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी बेल्डाँडी ईलाका प्रहरी कार्यालय प्रतिनिधि लगायत खेलाडी खेलप्रेमिहरुको उपस्थिति रहेको थियो।

उद्धघाटन खेल बेल्डाँडी वडा नं. ४ र ५ का बिच भएको उक्त खेलमा पहिलो ब्याटिङ गरेको वडा नं. ५ ले १५ ओभरको समाप्तिमा ९ विकेट गुमाउदै ८० रन बनाएको थियो। ८१ रनको लक्ष्यसाथ मैदानमा उत्रिएको वडा नं. ४ ले ११. ४ ओभरमा ५ विकेटको छेतिमा सहजै पहिलो जित निकालेको छ।
खेलकुद विकासका लागि खेलाडी लाई प्रबर्द्धन गर्ने उद्देश्यले बेल्डाँडीमा पहिलो पटक लेदर बलले प्रतियोगिताको आयोजना गरिएको बेल्डाँडी गाउँ खेलकुद बिकास समिति अध्यक्ष डम्बर सुनारले बताउनु भयो।
उनका अनुसार, बेल्डाँडी गाउँपालिका अन्तर वडाका ६ टिम बीच लिग आधारमा खेल सञ्चालन हुने छन्। प्रतियोगिताको विजेता टिमले नगद राशी २० हजार उपविजेताले १० हजार ट्रफी प्रमाणपत्र र प्रतियोगिताका उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कारको घोषणा गरेको छ।
