दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा क्रिकेट पिच निमार्ण कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा रहेको खेल मैदानमा क्रिकेट पिच निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका खेलप्रेमी, खेलाडी, व्यवसायी लगाएत दोधारा चाँदनी नगरपालिका तथा अन्यपालिकाको सहयोगमा २१ फिट चौडाई र ८० फिट चौडाई ट्रफ पिच निमार्ण सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

झण्डै ६ लाखको लागतमा क्रिकेट पिच निमार्ण कार्य सुरु गरिएको मेयर लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा युवाहरुमा क्रिकेटको क्रेज बढ्दो अवस्थामा रहेको खेलाडी रमेश साउदले बताउनुभएको छ् ।

क्रिकेटको लोकप्रियता तथा सफलताले देशलाई विश्व माँझ चिनाउनको लागि थप सहयोग पुर्याएको हुदा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पनि उत्कृष्ट खेलाडी उत्पादन हुदै आएको खेलाडी रमेश साउदको भनाई रहेको छ् ।

