महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा क्षेत्र नं. १ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।

सिद्धेश्वरी जय पृथ्वी क्लब बेलौरी नगरपालिका वडा नं.१० शिबनगरमा आइतबार एक कार्यक्रमका साथ कञ्चनपुर क्षेत्र नं. १ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो।

सिद्धेश्वरी जय पृथ्वी क्लबकि अध्यक्ष तारा खड्काको सभापतित्वमा प्रमुख अतिथि बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीले फुटबल प्रतियोगिताको उद्धघाटन गर्नु भएको आयोजकले बताएका छन्।

कार्यक्रम बेलौरी नगरपालिका वडा नं. १० का अध्यक्ष सोमलाल चौधरी बेलौरी नगरखेलकुदका अध्यक्ष रामेश्वर न्यौपाने, वडा खेलकुद अध्यक्ष तिर्थराज उपाध्याय खेल प्रेमी समाजसेवी खेलाडीको उपस्तिथिमा फुटबलको उद्धघाटन भएको छ।
प्रतियोगितामा टिम सहभागी १८ वटा रहेका छन् । जसमा आयोजकका २ र बाहिरको १६ ले सहभागिता जनाएको छ। प्रतियोगिता असोज २६ देखि कार्तिक ३ गते सम्म सिद्धेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा निरन्तर सञ्चालन रहने छ।
प्रतियोगिताको विजेता प्रथम हुने टिमले १ लाख ट्रफी प्रमाणपत्र,मेडल र दोस्रो उपविजेता हुने टिमलाई ५१ हजार ट्रफी प्रमाणपत्र साथ मेडल पुरस्कार राशी रहेको प्रतियोगिता संयोजक दिपेश सिंहले बताए। उनका अनुसार, असोज २७ गते दोस्रो दिन २ खेल हुनेछन्। पहिलो खेल सिद्धेश्वर जय पृथ्वी क्लब ‘ए’ र बेलौरी नगरपालिका वडा नं.९ का बिच दिउँसो २:०० बजे र दोस्रो खेल एवान स्टार बेल्डाँडी र पुनर्वास -०९ का बिच साझ ४ बजे रोमाञ्चक खेल हुने छ।
