नव आशा कञ्चनपुरको १८औँ साधारण सभा सम्पन्न, अध्यक्षतामा सिद्धराज जोशी चयन

महेन्द्रनगर: नव आशा कञ्चनपुरको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

शुक्रबार महेन्द्रनगरमा सम्पन्न साधारण सभाबाट सिद्धराज जोशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन हुनु भएको हो। ।

उक्त कार्यसमितिको अध्यक्षमा सिद्धराज जोशी,उपाध्यक्ष तारा दत्त जोशी, सचिव लोकेन्द्र सिंह धामी, कोषाध्यक्ष माया चन्द ,सदस्य मानदेव नाथ, सदस्य पार्वती बि.क,सदस्य डम्बरी ठकुला, सदस्य प्रेमबहादुर टमाटा, सदस्य सरिता नेगी, सल्लाहकार समिति संयोजक देवराज बडु, सदस्यहरु नवराज पाण्डे र तिलकराज भट्ट रहेका छन्।

केयर एण्ड सपोर्ट प्रोग्रामका कार्यक्रम संयोजक भीष्म देव भट्टले अध्यक्ष जोशी सहित सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको छ। उनले भने “नयाँ नेतृत्वको सक्रियता, समर्पण र दूरदृष्टिपूर्ण सोचले संस्थाका लक्ष्य, उद्देश्य र योजनाहरू थप प्रभावकारी ढंगले कार्यान्वयन हुनेछन् भन्ने पूर्ण विश्वास समेत लिएको छु।”

नव आशा कञ्चनपुरले लामो समयदेखि समुदायमा आधारित सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको छ। नव-निर्वाचित कार्यसमितिको नेतृत्वमा संस्था अझ सफल र प्रभावशाली रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

 

ताजा समाचार