पप्पु गुरुङ्ग, दोधारा । बालबालिका माथी हुने श्रम शोषण तथा यौन हिंसा लगाएत जोखिम न्युनिकरण र तिनको अधिकार संरक्षण गर्न किशोरी समूह गठन कार्य सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ , ७ र १० वडाहरुमा बालबालिका माथी हुने श्रम शोषण तथा लैगिंक हिंसा लगाएत जोखिम न्युनिकरण र तिनको अधिकार संरक्षणको निम्ती किशोरी समूह गठन कार्य सुरु गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का कोषाध्यक्ष पदम राज पाठकले जानकारी दिनुभएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) र प्लान ईन्टरनेशनलको साँझेदारी र दोधारा चाँदनी नगरपालिकाको समन्वय र सहकार्यमा उत्थानशिल भबिष्य, बाल विवाह अन्त्य कार्यक्रम परियोजनाको पहिलो सत्र अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ , ७ र १० वडाहरुमा किशोरी समूह गठन सुरु गरिएको पेसवान का कोषाध्यक्ष पदम राज पाठकले बताउनुभएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा ३० सदस्यीय कञ्चन किशोरी समुह गठन भएको हो । स्वयम् सेविका गोबिन्दी खडकाको सभापतित्वमा तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य आईत बहादुर बुढा क्षेत्रीको प्रमुख आतिथ्यमा भेलामा सेराबारी टोल, टाउके टोल, बन्दुके टोल, थापा टोल, शिबशक्ती टोलका किशोरीहरु, पेसवानका प्रतिनिधी, स्थानीयबासीको उपस्थिती रहेको थियो ।

यस्तै दोधारा चाँदनी नगरपालिका– १० को प्रतिभा टोल, गिरी टोल, गुरुङ्ग टोलका किशोरीहरुलाई समेटेर सयपत्री किशोरी समुह गठन गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का प्रतिनिधी छत्र देउवाले बताउनुभएको छ् । किशोरीको हकहित तथा अधिकारलाई संरक्षण गर्न बहस र पैरवी गर्ने बताईएको छ् ।

पेसवान संस्थाले बिगत तीन बर्ष देखि शिक्षा ,स्वास्थ्य, बिपद, लैङ्गकि हिंसा लगाएत विभिन्न सामाजिक क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको संस्थाले जनाएको छ् ।
