महेन्द्रनगर: कञ्चनपुर जिल्लाको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महा-महोत्सव आयोजना हुने भएको छ ।

भीमदत्त नगरपालिका- ८ तिलाचौरको सिद्धनाथ मन्दिर संरक्षण समितिले २१ असोज (मंगलबार) देखि धार्मिक महामहोत्सवको आयोजना गर्ने तयारीमा रहेको उक्त धार्मिक महा-महोेत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताउनुभयो।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष गोरख पुजाराले महायज्ञको सबै तयारी अघि बढाएको बताए । अध्यक्ष पुजाराले भन्नू भयो, मन्दिरको चौतर्फि बृद्धि विकासका लागि महायज्ञ आयोजना गरिएको हो। ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’मन्दिरमा स्तरिय सत्संग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ ।
बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प्रवचन, गौदान, रुद्री पाठ, तुलादान, भूमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मीको पुजा विवाह सहित राष्ट्रिय कलाबारबाट संगितमय भजनकृतन कार्यक्रम गरिनेछ । नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक(एआईजी) समेत रहेका समाजसेवी दिपेन्द्र विष्टको प्रमुख आथित्यमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
संकल्पकर्ता ईश्वर शरण महाराजले आध्यात्मिक भक्ति मार्गमा माध्यामबाट सिकाई अभिबृद्धि गर्दै समाजलाई एकताबद्ध बनाउने बताए । उनले मनमा शान्ति ईश्वरीय प्राथनाका साथ अघि बढ्नुपर्ने बताए । धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धार्मिक महायज्ञ जस्ता कार्यक्रमबाट समाज सुधारोन्मुख कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । गाँउमा महायज्ञ संचालन हुने भएपछि स्थानीय समेत उत्साहित भएका छन ।
असोज २८ सम्मै सञ्चालन हुने महायज्ञमा हजारौँ दर्शनार्थीले अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ । महायज्ञमा सहभागिताका लागि आयोजकले सर्वसाधारणमा अपिल गरेको छ ।

