दोधारा । सामाजिक सदभावको लागी दोधारा चाँदनी नगरपालिकामा भोलीबाट रामलिला नाट्य श्रंखला सञ्चालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आउदो आईतवार अर्थात भोलीबाट रामलिला नाट्य श्रंखला सञ्चालन हुने भएको छ् । लक्ष्मी माध्यमिक बिद्यालयको आयोजनामा नाट्य श्रंखला सञ्चालन हुने दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् ।

बिगत लामो समय देखि संचालन हुदै आएको भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखलाको भोली विधिवतरुपमा उद्धघाटन हुने बताईएको छ् । आदर्श रामलिला नाट्य श्रंखलाले सांस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने आयोजक संस्थाले विश्वास लिएको छ् ।

समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा भोलीबाट रामलिला नाट्य श्रंखलाले रामलिला नाट्य श्रंखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको छ् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्याउन समेत आदर्श रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने विश्वास गरिएको छ् ।
(फाईल फोटो)
