दोधारा चाँदनीमा समुदायमा जलवायु उत्थानशिलताको नतिजा प्रकाशन छलफल

दोधारा । दोधारा चाँदनी नगरपालिकामा समुदायमा जलवायु उत्थानशिलताको नतिजा प्रकाशन छलफल कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सिआरसी परियोजनाको आयोजनामा समुदायमा जलवायु उत्थानशिलताको नतिजा प्रकाशन छलफल कार्यक्रम सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सिआरसी परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत गोविन्द नारायण उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ को पटरा खल्ला बस्ती, वडा नं. १० को कुतियाकवर बस्ती र शान्ती टोलको जलवायु उत्थानशील कार्यक्रम, समुदायको उत्थानशीलता मापन नतिजा प्रस्तुतिकरण तथा परियोजनाले गरेको कार्यको बारेमा कार्यक्रममा छलफल भएको सिआरसी परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत गोविन्द नारायण उपाध्यायले बताउनुभयो ।

पूर्व सूचना प्रणाली, तातो हावा, जलवायु परिवर्तन तथा वातावरण संरक्षण र लैङ्गिक हिंसा जस्ता विभिन्न क्षेत्रहरुमा एनएनएसडब्लुए को सिआरसी परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रका काम गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको पटरा खल्ला बस्ती, कुतियाकवर बस्ती, शान्ती टोलको जलवायु उत्थानशिलताको नतिजा प्रकाशन छलफल सहित सो बस्तीहरुमा गर्नु पर्ने कामको बारेमा छलफल गरिएको छ् । पटरा खल्ला बस्ती, कुतियाकवर बस्ती, शान्ती टोल नगर क्षेत्रको बाढीको उच्च जोखिममा रहेका बस्तीमा पर्दछन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ठूलो विपत संग सामना गर्ने क्षमता स्थानीय तहहरु सित नभएकाले सबै संघ–संस्था तथा निकायहरु संग सहकार्य गर्दै आएको बताउनुभयो । जलवायु परिवर्तनले विश्व समस्यामा पर्दै आएको अवस्थामा दोधारा चाँदनी नगरपालिकाले स्थानिय श्रोत साधान प्रयोग सहित सबै सित सहकार्य गरि मानविय क्षती रोक्न सफल हुदै आएको मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

समुदायमा जलवायु उत्थानशिलताको नतिजा प्रकाशन छलफल कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, शाखा कार्यालयका प्रमुख, समुदाय र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार