दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा निमार्ण गरिएको पक्की तटबन्ध बाढीको कारण केही स्थानमा क्षती पुर्याएको हुदा तटबन्धको मर्मत र सुधार गरिने भएको छ् । डाईनामाइक निमार्ण सेवा प्रालिले निमार्ण गरेको पटरा खल्ला पक्की तटबन्ध एक वर्ष नबित्दै जगबुडा नदीमा आएको बाढीले केही स्थानमा तटबन्ध क्षती पुर्याएको तटबन्ध निमार्ण कम्पनीले मर्मत संभार गर्ने भएको छ् ।

तटबन्ध निमार्ण गरिएको केही स्थानहरुमा बाढीले क्षती बनाएको हुदा निमार्ण कम्पनीले मर्मत संभार गर्ने दोधारा चाँदनी नगर पालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, नगर प्रबक्ता हरिसिंह धनाडी, नेपाल प्रहरी लगाएत निमार्ण कम्पनीको एक टोली बाढीले भत्काएको तटबन्धको निरिक्षण गरेको हो ।

३५ घरधुरी घरपरिवार रहेको पटरा खल्ला बस्तीमा स्थानिय सरकारको पहलमा बाढीबाट बस्ती सुरक्षित बनाउन महाकाली सिचाई तेस्रो आयोजनालाई आग्रह गरेपछि पक्की तटबन्ध निमार्ण भएको हो ।

