दोधारा । दोधारा चाँदनी नगरपालिकामा चाड पर्व लक्षित सडक सरसफाईमा नगर प्रहरी र युवाहरु सक्रिय देखिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले चाड पर्वमा हुनसक्ने सम्भावित सडक दुर्घटनालाई रोक्न दोधारा चाँदनी नगरपालिकाका मुल सडक खण्डमा सरसफाई सुरु गरिएको बताउनुभएको छ् । नगर प्रहरीको चाड पर्व लक्षित सडक सरसफाई अभियानमा प्रेरित स्थानिय युवाहरुले साथ दिएका छन् ।

सडक छेउमा उम्रेका सफा गर्ने कार्यले सडक दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ् । दिन प्रतिदिन बढ्दै गईरहेको सडक दुर्घटना रोकथाम संगै सडकमा भएका खाल्डा खुल्डीमा वर्षाको पानी जमेर डेंगु तथा मलेरिया जस्ता रोग लाग्ने हुदा सडक सरसफाई अभियान निकै उत्साहजनक भएको स्थानियबासीहरुले बताएका छन् ।

