मेयर लिम्बुको योजनामा बडुवाल टोलका ४ बादी घरपरिवारलाई सहयोग

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको योजना अनुसार दोधारा चाँदनी नगरपालिका– ३ का बादी घरपरिवारलाई सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको योजना अनुसार बडुवाटोलका ४ बादी घरपरिवारलाई त्रिपाल, झुल तथा हाईजेनिक किट बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसि.ह धनाडीले जानकारी दिनुभएको छ् ।

बाढीको कारण समस्यामा परेको बेला त्रिपाल, झुल तथा हाईजेनिक किट लगाएत सामग्री प्राप्त भएको भन्दै दोधारा चाँदनी नगरपालिकाका मेयर लगाएत सबै जनप्रतिनिधीहरुलाई रेशम बादीले धन्यबाद दिएका छन् ।

बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता हरिसिंह धनाडी, वडा सदस्य दिपक सिंह महता, नेकपा एमालेका युवा नेता रामसिंह खड्का, मनोज साँउद, रास्वपाका नेता गोर्कण लामिछाने र बादी घरपरिवारको उपस्थिी रहेको थियो ।

ताजा समाचार