महेन्द्रनगर: बेलडाँडीमा पहिलो पटक आयोजना गरिएको प्रथम स्थानीय स्तरको पुरुष फुटबल प्रतियोगिताको एक कार्यक्रमका साथ आज घटस्थापना देखि सुरु भएको छ ।

दशैँको अवसरमा बेलडाँडी फुटबल एकेडेमीले पहिलो पटक आधिकारिक रुपमा दर्ता भए संगै स्थानीय स्तरको फुटबल महोत्सवको आयोजना गरेको हो ।

बेल्डाँडी स्थानीय स्तरको फुटबल प्रतियोगिताको पहिलो दिनको खेल अल स्टार युवा क्लब रातो र झिलमिला युवा समाज ‘बि’ का बिच भएको थियो। उक्त खेलमा अलस्टार युवा क्लब रातो लाई २-० गोलको अन्तरले झिलमिला युवा समाज ‘बि’ ले हराउदै समूह ‘क’ अन्तर्गत पहिलो जितका साथ क्वाटरफाइनलको यात्रा तय गरेको छ। उद्धघाटन खेलको म्यान अफ द म्याच झिलमिला ‘बि’ का पारश बिष्ट घोषित भए। उक्त खेलमा अक्कल रोकाय र सारिन रोकायाले समान एकएक गोल गरेका थिए।

असोज ७ गते दोस्रो दिन दुई खेल हुने आयोजक क्लबका अध्यक्ष केशब बिष्टले बताएका छन्। उनका अनुसार, पहिलो खेल दिउँसो १ बजे बेल्डाँडी फाइटर र दिप ज्योती युवा क्लब र दिउँसो ३ बजे बैबाह युवा समाज ‘ए’ र बेल्डाँडी रतनपुर युथ क्लबका बिच प्रतिस्पर्धात्मक खेल हुने छन्।
रौलेश्वर मा.विको प्राङ्गणमा भएको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उद्घाटन गर्दै प्रतियोगिता सफलताको शुभकामना समेत दिएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष रानाले खेलकुदलाई मात्र नभई बेल्डाँडी बिकासमा समेत टेवा पुग्ने कार्यमा सधै तल्लीन हुने साथै खेलकुद बिकासमा समेत सबै तय तत्पर बाट लाग्ने समेत प्रतिबद्धता गरेका छन्। उनले भने, भाइचार र सद्भाव बढाउने खेलकुदको ठुलो भुमिका हुने हुँदा खेलकुद लगायतका सामाजिक उत्तरदायित्वका कार्यमा लाग्न समेत आग्रह गरेका छन्। पालिकाले सक्दो सहयोग गर्ने बताए।
बेलडाँडी फुटबल एकेडेमीका अध्यक्ष केशब बिष्टका अनुसार आयोजकसहित १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । दशैँको अवसर पारेर बेलडाँडीमा हरेक वर्ष खेलकुद गतिविधि हुँदै आएको भए पनि यसपालि बेलडाँडी फुटवल एकेडेमी दर्ता भई औपचारिक रूपमा पहिलो पटक आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमलाई २५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, फरवार्ड, गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पनि विशेष सम्मानको व्यवस्था गरिएको छ।
