रेडियन्ट मा.वि. मा घटस्थापनाको अवसरमा विशेष कार्यक्रम

महेन्द्रनगर :  विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर सोमबार महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ । सो अवसरमा जमरा राख्नुका साथै जमरा राख्ने विधिको बारेमा प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई जानकारी गराईएको प्रधानाध्यापक सुर्य बहादुर चन्दले बताउनुभयो ।

घटस्थापनाको अवसरमा शिक्षक शिक्षिका तथा विद्यार्थीबिच एकआपसमा शुभकामना आदान प्रदान गर्नुका साथै लक्की ड्र मार्फत विद्यार्थीहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका २ सय ६५ जना विद्यार्थीहरु सहभागी रहेका थिए । लक्की ड्र मार्फत विद्यार्थीहरुलाई कापी, किताब, पेन्सिल, झोला, बेल्ट, जेमेट्री बक्स, इरेजर, कलर लगाएतका सामाग्रीहरु प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षिका जगदेश्वरी पन्तले विद्यार्थीहरुलाई विजया दशमी र घटस्थापनाको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै प्रधानाध्यापक सुर्य बहादुर चन्दले नेपालीहरुको महान चाड विजया दशमीको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनको लागि र आफ्नो मौलिक चाड पर्व तथा संस्कृतिको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

ताजा समाचार