महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आयोजना हुने स्थानीय स्तरको नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

हरेक वर्ष बिजया दशैंको उपलक्ष्यमा आयोजना हुने बेल्डाँडी स्थानीय स्तरको नकआउट फुटबल प्रतियोगिता २०८२ को खेलतालिका सार्वजनिक गरेको आयोजक बेल्डाँडी फुटबल एकेडेमीका अध्यक्ष केशब बिष्टले बताउनु भयो।

उनका अनुसार, प्रतियोगिता स्थानीय स्तरको नकआउट खेलाइने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेका हु, उक्त प्रतियोगितामा आयोजकको २ वटा गरि १५ वटा टिमको सहभागिता रहेको छ।

हरेक वर्ष बिजया दशैंको अवसरमा बेलडाँडीमा फुटबल प्रतियोगिता हुँदै आएको छ। नेपाली हिन्दूहरूको महान् पर्व वडा दशैं नजिकिँदै गर्दा बेलडीडी खेलमय बन्दै गएको हो। यस वर्ष दशैंको अवसरलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन बेलडाँडी फुटबल एकेडेमीले पहिलो चोटि स्थानीय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो।
बेल्डाँडी गाउँपालिका वडा नं- ०२ अवस्थित रौलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा भोलि असोज ६ गते घटस्थापनाको दिन दिउँसो २ बजे प्रतियोगिताको उद्धघाटन संगै अल स्टार युवा क्लब रातो र झिलमिला युवा क्लब ‘बि’ का बीच प्रतिस्पर्धात्मक खेल हुने छ। प्रतियोगिताको समापन असोज १५ गते हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई २५ हजार १ सय ११ रुपैयी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा बेलडाँडीका ५ वडा भित्रका क्लब र बेलौरी नगरपालिका-८, ९ र १० नं. वडाका स्थानीय खेलाडीहरूलाई मात्र सहभागीता जनाउने छन्।
खेल तालिका:
