धनगढी: कैलालीको धनगढीमा सुदूर पश्चिम समाजको १७औं वार्षिक साधारणसभा भब्यताका साथ एक कार्यक्रमका बीच सम्पन्न भएको छ।आइतबार धनगढीमा रहेको होटेल डिभोटीको सभाहलमा सुदूर पश्चिम समाजको १७औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधि यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थितिमा सम्पन्न भएको हो।

साधारणसभामा स्वागत मन्तव्य सुदूर पश्चिम समाजका कोषाध्यक्ष राज चौधरीले राख्नु भएको थियो। भने, संघसंस्थाले गरेको वार्षिक कामकारबाहीको बारेमा सुदूर पश्चिम समाज धनगढीका कार्यक्रम संयोजक राजु लामाले प्रस्तुतीकरण गर्नु भएको थियो। वार्षिकरुप भएको खर्च लगायत आय/व्याय संस्थाका लेखा अधिकृत लालमणी भट्टले प्रस्तुत गर्नुभएको हो।

समानताको अधिकार महसुस गरेका छन, कि छैन? भन्ने कुरामा पहिचानको मुल कुरा हो। यो किसिमको वातावरण सिर्जना गर्नु नै महत्त्वपूर्ण मानिछ, जसमा हातेमालो गर्न समेत अनुरोध गर्दछु, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश झंकर रावले बताउनु भयो।संघसंस्थाले समन्वय सहकार्य गर्दै अगाडि बढाउनु आवश्यक छ, जुन सुदूर पश्चिम समाजले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारको लागि लड्दै आएको र वडा देखि पालिकाबाट हुने सहयोग समेत प्रतिबद्धता गर्दछु, धनगढी उपमहानगरपालिका वडा नं.०५ सदस्य एवम् कार्यपालिका सदस्य योशदा भण्डारीले भन्नू भयो।

कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उप-प्रमुख कन्दकला रानाले वार्षिक साधारणसभाको शुभकामना दिदै, सुदूर पश्चिम समाज पहिला भन्दा अहिले परिवर्तन संगै कार्यमा अग्रसर रहेको खुसी व्यक्त गर्दै,आगामी दिनमा स्थानीय निकाय र आफ्नो तर्फबाट सधै सहयोग रहने बताउनु भयो।
कार्यक्रमका सभापतित्व सुदूरपश्चिम समाजका अध्यक्ष निरङ चौधरीले प्रमुख अतिथि लगायत अतिथि सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई हार्दिक धन्यवाद समेत दिनुभयो। उनले भन्नू भयो, आगामी दिनमा संस्थाले समन्वय सहकार्य गर्दै अझै फरक ढंगले सामाजिक रुपान्तरणमा तल्लीन हुने समेत प्रतिबद्धता गर्नु भयो।
सहभागी सम्पुर्णले संस्थाले देखाएको पारदर्शिता प्रती हार्दिक धन्यवाद दिदै संस्थाको उत्तरोत्तर प्रगतिको समेत शुभकामना दिनुभएको छ। साथै अझै स्थानीय निकायले यौनिक तथा अल्पसंख्यक समुदायको बारेमा कार्यविधि अझै अन्योलमा हुँदा कर्मचारी र जनप्रतिनिधि लाई अझै सचेतना गर्नु पर्ने कुरामा जोड दिनुभएको छ।समतामूलक समाज निर्माणमा ठुलो योगदान पुगाएको बताउनु भयो। साधारणसभा बाट कार्यरत कर्मचारीहरु लाई समेत दोसल्ला ओढाएर सम्मानपत्र समेत प्रदान गरिएको थियो।
साधारणसभाको सभापतित्वमा सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष निरङ चौधरी, प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उप-प्रमुख कन्दकला राना, विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश झंकर रावल,धनगढी उपमहानगरपालिका वडा नं.०५ सदस्य एवम् कार्यपालिका सदस्य योशदा भण्डारी लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि सुदूरपश्चिम समाजका कार्यसमिति पदाधिकारी, यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन सिम्रन शेरचनले गर्नु भएको थियो।
