घर बनाएको ऋण तिर्न नसकिदै पुर्वमुख्यमन्त्री रावलको घरमा आगजनी

कञ्चनपुर : २४ भदौँ(मंगलबार)का दिन कञ्चनपुरमा चर्किएको जेनजी आन्दोलन निर्वतमान गृहमन्त्री रमेश लेखकको घरमा आगो झोसेपछि एक भिडले पुर्वमुख्यमन्त्री राजेन्द्र रावलको घरपनि जलाईदियो । भीमदत्त नगरपालिका ६ ऐठपुर ११ धुर मात्रै जमिनमा बनेको एमाले नेता रावलको घरमा आन्दोलनकारीले तोडफोड, लुटपाटदेखि आगजनी गरिदिए । एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका पुर्वमुख्यमन्त्री रावलका स्व. बाबु दानसिह रावलले आर्जेको जमिनमा बैंक, वित्तिय संघ संस्थाबाट ऋण निकालेर घर बनाएका थिए ।

घर बनाउन निकालेको ऋण तिर्न बाँकी रहदै रावलको घरमा आगो झोसिदिएर भौतिक समानदेखि ईतिहासका किताब, खेलकुद समाग्री खरानी भएका छन । पुर्वमुख्यमन्त्री रावका छोरा नितेश रावलले जेनजीका नाममा आफ्ना बाबुसंग प्रतिशोधदेखि रिसिईबीले घरमा आगजनी, तोडफोड, लुटपाट गरिदिएको बताए । ‘घरमा भएका केही समान चोरेर, केही तोडफोड बाँकी बचेका समान जलाएर नष्ट गरिदिए, ‘उनले भने, ‘बाबुले लेखेका किताब बाजेका पालादेखिका किताबमा राखिएका ईतिहास सबै जलाएर भसम बनाईदिए, म जिल्ला फुटबल संघ कञ्चनपुरको महासचिव पनि भएकाले मेरो घरमा रहेका फुटबलका सबै समान पनि जलाएर नष्ट गरिदिएका छन, के यिनी वास्तविक जेनजी हुन त ।’ उनले तीन महिना अघि मात्रै आहना ब्युटी पार्लर आफ्नै घरमा राखिएको र उक्त पार्लर भित्र रहेका समान चोरी गरेर लगेको र केही जलाएर नष्ट गरिदिएको बताए ।

‘बाबुले निकालेका नयाँ नयाँ किताब पनि थिए, ‘उनले भने, ‘ति सबै किताब पनि जलाएर नष्ट गरिदिए, आन्दोलनकारीले किताबदेखि खेलकुद समाग्री पनि बाँकी राखेनन ।’ उनले घर बनाउन बाबुकोे कमाई नभई आफन्तदेखि विभिन्न सहकारी, वित्तिय संघ संस्था र बैंकबाट निकालेर बनाएको घरकोे अझै ३०लाख बढि तिर्न बाँकी रहेको बताए । ‘बाजे पुर्व क्याप्टेन हुन, उनले नै तराईमा त्यहाँनिर सानो घडेरी किने, पहिले एक तलाको घर थियो, हरेक बर्षातका बेला आउने भेलले हाम्रो परिवार विपदमा पथ्यो, त्यही भएर उचो जग, तला थलेको हो, ‘यो घर मेरा बाबुले कतैबाट भ्रष्टाचार गरेर बनाएको पनि होईन, ‘उनले भने, ‘पहिले पनि राजकीय पदमा थिए, एक महिनाका लागि मुख्यमन्त्री पनि भए पदमै भएपनि मेरा बाबुको मान्यता भ्रष्टाचार न आफु गर्ने न अरुलाई पनि गर्न नदिनेवाला हुन ।’

आफन्त, साथीभाई ईष्टमित्र आएर घर सरसफाई एव पुर्ननिर्माण गर्न सहयोग गर्न आएकाले उनीहरु नै वास्तविक जेनजी भएको बताए । ‘जनताकै अधिकारका लागि मेरा बाबुले सरकारी शिक्षक छाडेर आन्दोलनमा होमिए, ‘उनले भने, ‘०४६, ०६२÷०६३ कोे दोस्रो जनआन्दोलन, जनयुद्ध सबै राजनीतिक संघर्षका बेला यस्तो अन्याय, अत्याचार, हिन्सा निजी व्यक्तिका घरमा आगजनी, लुटपाट कहिल्यै देखेकोे थिएन, अहिले भोगियो, ‘उनले भने, ‘वास्तविक जेनजीले उठान गरेको आन्दोलनमा घुसपैठ गरेर हाम्रो घर जलाईयो ।’ प्रजातन्त्रका लागि चार दशक अघि सरकारी शिक्षक छाडेका पुर्वमुख्यमन्त्री रावलको घरमा झोसियो आगजनीले ईतिहासका किताब स्वाहा पारिदिएका छन । प्रजातन्त्र पुर्नस्थापनाका लागि ०४६ सालमा भएको आन्दोलनमा होमिन रावलले शान्ति निकेतन माविमा स्थायी शिक्षकको जागिर तिलान्जली दिर्दै आन्दोलनमा होमिएका थिए ।

रावल राजनीतिज्ञ मात्रै होईन ईतिहास, सुदूरपश्चिमकोे सभ्यताको जानकार हुन । घरभरी आफैले लेखेका थिए, अन्य लेखकका राजनीति, ईतिहास, विकास, संस्कृति, धर्म संस्कार विवित क्षेत्रका हजारौँ किताब थिए, अहिले कुनैपनि किताब बाँकी रहेका छैनन । रावलले द हिस्टोरी अफ मेडिटेटिभ डोटी, चुरिया कन्र्भस भ्वाई, जोशको प्रतिध्वनी शक्ति, अरोरा द आर्च अफ लाईट नामक कृति प्रकासित गरेका थिए । ति किताब पनि कुनैपनि बाँकी रहेका छैनन । रावल सुप प्रदेश सरकारका दोस्रो मुख्यमन्त्रीका रुपमा २८ पुषमा नियुक्त भई २६माघ ०७९ मा महिना दिन पुरा नपुग्दै बाहिरिनु परेको थियो । त्यस अघि रावल जिल्ला विकास समिति कञ्चनपुरका पुर्व उपाध्यक्ष थिए । राजनीतिमा स्पष्ट, खरो ईतिहासका जानकार रहेका रावल सादगी नेताकै रुपमा छवि कमाएका छन । एमाले पाटी कार्यालय कञ्चनपुर र केन्द्रीय पाटी कार्यालय काठमाण्डौँ अनुगमनका क्रममा एमाले नेता राजेन्द्र सिह रावलले कसैले भौतिक घर जलाउँदैमा विचार नजल्ने, कतै नडराउने विराउने उद्घोषण गर्दै देश र जनताका लागि जरुक्क उठ्नुपर्ने आब्हान गरिरहेका छन ।

ताजा समाचार