कञ्चनपुर : कञ्चनपुरमा एक परिवारमा हृदयविदारक घटना घटेको छ । एकै दिन बाबुछोराको निधन भएको यो अलौकिक हृदयविदारक घटना घटेको हो । भीमदत्त नगरपालिका ११ गड्डाचौकीका राना परिवारका बाबुछोराको एकै दिन निधन भएको छ । उपचारार्थ रहेका बाबु छोरा विक्कीको निधन भएको जनाईएको छ ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले दुवै बाबु छोरा बिरामी भएपछि नेपाल भारतका अस्पतालमा उपचारकै क्रममा मृत्य भएको बताए । मृगौला रोगबाट पीडित ६९ बर्षिया बाबु दान बहादुर राना र जण्डिस रोगबाट पीडित ४० बर्षिया विक्रम रानाको एकै दिन २४ घण्टा भित्रकै समयमा निधन भएको छ ।

बाबु दान बहादुरको धनगढी स्थित मायामेट्रो अस्पताल र छोरा विक्रमको भारत बरेलीको गुडलाईफ अस्पतालमा मृत्यु भएको हो । शुक्रबार छोरा मरेको खबरले राना परिवार शोकमै डुबेका बेला त्यसको केही बेरमै बाबु मरेको खबरले राना परिवारमा संन्नटा छाएको छ । शनिबार दिउँसो मृतका बाबुछोराको महाकाली नदीमा धार्मिक परम्परा अनुरुप अन्त्येष्टी गरिएको छ । बृद्ध बाबु र युवा छोराको निधनले राना परिवारमा बज्रपात मच्चिएको छ । घटनाले सिङ्गो गाँउ समाज समेत शोकाकुल भएका छन ।

