दोधारा । शिवशक्ति युवा विकास समाजको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ३ को मन्दिरहरुमा सरसफाई गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ मा रहेको माईला होटल नजिकका शिव मन्दिर, पुर्णागिरि मन्दिर र देविस्थान मन्दिरमा शिवशक्ति युवा विकास समाज दोधारा चाँदनीको टोली र स्थानियहरुको ससहयोगमा सरसफाई कार्यक्रम अघि बढाईएको शिवशक्ति युवा विकास समाज दोधारा चाँदनीका सचिव प्रेम खत्रीले जानकारी दिनुभएको छ् ।

चाड पर्व नजिकै गर्दा मन्दिर परिसरमा भिड हुने भएको हुदा सरसफाई अभियान सुरु गरेको संस्थाका सचिव प्रेम खत्रीले बताउनुभएको छ् । शिवशक्ति युवा विकास समाज दोधारा चाँदनीका अध्यक्ष दिपक दमै र स–सचिव भिम श्रेष्ठको सक्रिय सहभागितामा मन्दिर परिसरमा सरसफाई गरिएको बताईएको छ् ।

अनगानमी दिनहरुमा संस्थाले यस्ता सामाजिक कार्य गर्दै जाने शिवशक्ति युवा विकास समाजले जनाएको छ् ।

