चाडपर्व नजिकिदै गर्दा कमलशा बाबा मन्दिरमा सरसफाई

दोधारा । चाडपर्व नजिकिदै गर्दा दोधारा चाँदनी नगरपालिका– ७ बाबाथानमा रहेको कमलशा बाबा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । चाडपर्वको अवसरमा श्रद्धालु भक्तजनहरु मन्दिरमा आई पुजा अर्चना गर्ने हुदा मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधी, स्थानिय, व्यापारीहरुले मन्दिर हातामा सरसफाई गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले जानकारी दिनुभएको छ् ।

आज बिहान मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधी, स्थानिय, व्यापारीहरुले मन्दिर हातामा सरसफाई गरिएको वडा सदस्य कमला उपाध्यायले बताउनुभयो । सरसफाई गरेपछि मन्दिर परिसर चिटिक्क देखिएको छ् ।

यस क्षेत्रको प्रख्यात कमला बाबा मन्दिरको सरसफाइ गर्नु यहाँका नागरिक समाज व्यापारी सहितको दायित्व रहेको उल्लेख गर्दै कम्तीमा महिनामा एक पटक सरसफाई गर्नु आवश्यक रहेको स्थानियहरुले बताएका छन् ।

ताजा समाचार

spot_img