संविधान दिवस : मेयर लिम्बुको अगुवाईमा दोधारा चाँदनीको झोलुङ्गे पुलमा दिप प्रज्वलन

दोधारा । दोधारा चाँदनी नगरपालिकामा संबिधान दिवसको अवसरमा बिभिन्न कार्यक्रम सहित संबिधान दिवस मनाईएको छ् । दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल नजिक क्षेत्रमा उत्थानशिल युवा सञ्जालको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालय, बिभिन्न संघ–संस्थाको सहकार्यमा पुलमा नेपालको नयाँ झण्डा फेर्ने तथा दिप प्रज्वलन गरि संबिधान दिवस मनाईएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, युवा सञ्जालका टोली, स्थानियबासी, जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

संविधान निर्माण गर्दाको अवस्थामा अहिलेका जेन जी पुस्ताको योगदान पनि रहेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनु भयो । साथै नगर प्मुख किशोर कुमार लिम्बुले अहिले सम्म जेन जी आन्दोलनमा मृत्युवरण गर्नु हुने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभयो । संविधानको रक्षार्थ सबैले एकजुट भएर यसको रक्षा गर्ने केही असन्तुष्टी भए सुधार गरेर जानुपर्ने उहाँले बताउनु भयो । समुदायमा अमनचयन कायम हुनुपर्ने, आम जनताको पहिलो आवश्यता भनेको नै उसको सुरक्षा भएकाले सबैलाई यो संविधानले सुरक्षा प्रदान गर्ने र अन्य मौलिक हक अधिकारको प्रत्याभुती दिन सक्ने खालको भएकाले सबैले एक अर्कालाई सम्मान गर्ने वातावरण हुनुपर्ने उहाँको भनाई छ् ।

विकास, पर्यटनको पहिलो आधार भनेको शान्ती भएकाले यसलाई कायम राख्न सबैले आआफनो क्षेत्रबाट सक्दो प्रयास गरेर काम गर्न आग्रह गर्नुभयो । यस्तै दोधारा चाँदनी नगरपालिकाको शारदा माध्यमिक बिद्यालय, नेपाली काग्रेंस पार्टी कार्यालयमा समेत बिभिन्न कार्यक्रम सहित संबिधान दिवस मनाईएको खबर प्राप्त भएको छ् ।

देशले ईतिहासमैं प्रथम पटक जनप्रतिनिधी सम्मिलित संविधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरे संगै जनताले चुनेका जनप्रतिनिधी मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

नेपालमा हाल सम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरु लागू भएका छन् । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाईन्छ् ।

 

ताजा समाचार

spot_img