कञ्चनपुरमा संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँयाे

कञ्चनपुर : कञ्चनपुरमा संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । शुक्रवार विहान महाकाली प्रादेशिक अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ, भने, रयाली महाकाली अस्पतालबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा, विभिन्न राजनिकि दलका प्रमुख एवम प्रतिनिधीहरु प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, उच्च सरकारी वकील कार्यालय महेन्द्रनगरका का.मु सहन्यायाधिवक्ता गोविन्द उपाध्याय, तिनै सुक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख एवम प्रतिनिधी, समाजसेवीहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराले संविधान निर्माण गर्दाको अवस्थामा अहिलेका जेन जी पुस्ताको योगदान पनि रहेको बताउनु भयो । साथै उहाँले अहिले सम्म जेन जवस्ी आन्दोलनमा मृत्युवरण गर्नु हुने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभयो । संविधानको रक्षार्थ सबैले एकजुट भएर यसको रक्षा गर्ने केही असन्तुष्टी भए सुधार गरेर जानुपर्ने बताउनु भयो ।

समुदायमा अमनचयन कायम हुनुपर्ने, आम जनताको पहिलो आवस्यक्ता भनेको नै उसको सुरक्षा भएकाले सबैलाई यो संविधानले सुरक्षा प्रदान गर्ने र अन्य मौलिक हकअधिकारको प्रत्याभुती दिन सक्ने खालको भएकाले सबैले एकअर्कालाई सम्मान गर्ने वातावरण हुनुपर्ने बताउनु भयो । साथै समाजिक संजालमा निकै नकारात्मक भनाई विचारहरु पोष्ट नगरेर समाजमा शान्ती सुव्यवस्था कायम गर्ने भनाईहरु राख्नु पर्नेमा जोड दिनुभयो ।

विकास, पर्यटनको पहिलो आधार भनेको शान्ती भएकाले यसलाई कायम राख्न सबैले आआफनो क्षेत्रबाट सक्दो प्रयाश गरेर काम गर्न आग्रह गर्नुभयो । यसैगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लामा रहेका सम्पुर्ण स्थानियवासीहरु लगायत सबैलाई संविधान दिवसको उपलक्ष्यामा हादिकृ मंगलमय शुभकामना व्यक्त गर्नु भयो । साथै। एहँले संविधान भनेको देशको मुल कानुन भएकाले यसको सबैले सम्मान गर्नुपर्ने, सबैले यसको रक्षार्थ काम गर्नुपर्ने बताउनुभयो । विभिन्न सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइ रहेको बताउनु भयो ।

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ।

ताजा समाचार