कञ्चनपुर : कञ्चनपु्रको एक स्थानीय सरकारले जेनजी समुह वा अन्य कुनै अधिकारका नाममा हुने हिन्सा, दमन र असम्वैधानिक गतिबिधी कुनैपनि हालतमा स्वीकार्य नहुने जनाएको छ । मंगलबार भीमदत्त नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै हिन्सा, दमन र असम्वैधानिक गतिबिधी कुनैपनि हालतमा स्वीकार्य नहुने जनाएको हो ।

आन्दोलनका क्रममा उत्पन्न भएका दुखत घटनाले नगरबासी मात्रै नभई सिङ्गो नेपाली दुखित भएको जनाउँदै भीमदत्तले निर्दोष नागरिकले ज्यान गुमाउनु परेको, धेरै घाईते हुनुपरेको र निजी सार्वजनिक सरकारी सम्पत्तीमा क्षति पुगेको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । जिल्लाकै जेठो भीमदत्त स्थानीय सरकारले शान्ति, सद्भाव, कानुनी शासन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबैमा आब्हान गर्दै नागरिकका जायज माग सम्बोधन गर्न सम्वाद, सहाकार्य, समन्वय नै मुल बाटो भएको दृढ विश्वास व्यक्त गरेको छ । भीमदत्त नगरका मेयर पदम बोगटीले हस्ताक्षर गरेकोे विज्ञप्तीमा वर्तमान सम्वेदनशील अवस्थामा सबै पक्षलाई संयमित धेर्य र जिम्मेबार निर्वाह गर्न आब्हान गरेको छ । आफ्नै घर जलेर नष्ट भएपछि काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटी जिल्लाभरीको क्षति बारे अध्ययन गर्दै आफु सम्हालिदै पीडितलाई ढाडस लिईरहेका छन ।

२३जेनजी आन्दोलनका क्रममा विद्यार्थी, युवामाथि टाउको, छातीमा गोली प्रहारबाट ज्यान लिनेदेखि दर्जनौँ घाईते घटनाको केन्द्रीय सरकार बिरुद्ध कञ्चनपुरमा छेडिएको जेनजी आन्दोलनकारी समुहको नामबाट भीमदत्त नगरका मेयर पदम बोगटी, उपमेयर निलक लेखक, पुर्व मेयरद्वय सुरेन्द्र विष्ट, यज्ञराज जोशी, बेदकोट नगरपालिका मेयर भोजराज बोहरा, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, तत्तकालिन गृहमन्त्री रमेश लेखकका दुवै घर, सुप प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावल, पुर्व सांसद निरुदेवी पाल, प्रदेश सभा सदस्यद्वय मघु भारती, माया पन्त, आन्तरिक मन्त्री हिरा सार्की आर्थिक मामिलामन्त्री बहादुर सिह थापा, भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल सहितका निजी घर एव जिल्ला प्रशासन, अख्तियार, सरकारी वकिल, काँग्रेस, एमाले, माओवादी दलका कार्यालयमा तोडफोड, आगजनी, एव लुटपाट गरिएको थियो । साथै ४७९ कैदीबन्दी रहेको कारागारभित्रै पसेर २० बाहेक अन्य सबै कैदीबन्दी भगाएका थिए । भीमदत्त नगरपालिकामा निजी सार्वजनिक सम्पत्तीमा ठुलो क्षति भएको थियो ।

दोधाराचाँदनीमा काँग्रेसका दुवै पाटी कार्यालय, शुक्लाफाँटामा पालिका सहित सबै वडा कार्यालय, कृष्णपुरमा मेयर हेमराज ओझाका भाईको घर, पालिका १, २, ५, ७ वडा कार्यालय, पुनर्वासमा पालिका सहित सवारी साधन ध्वस्थ बनाएका थिए । मंगलबार सिङगो कञ्चनपुर जिल्ला दनदनी आगोले बलिरहेपछि नागरिक त्रसित भएका थिए । आन्दोलनका क्रममा लुटपाट गरिएका नगद एव भौतिक सम्पत्ती फिर्ता गर्न जिल्ला प्शासन कार्यालय कञ्चनपुरले आब्हान गरेकोे छ ।
