सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

कञ्चनपुर : सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे छ । २६ बर्षदेखि सहकारी क्षेत्रमा कार्यरत रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे हो । केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर, कञ्चनपुर रहेको सहकारीको तथ्याङ्क अनुसार निरन्तर हरेक बर्ष बचत, शेयर पुँजी, लगानी, नाफा बृद्धि गर्दै आईरहेको छ । २६ हजार २ सय १८ सदस्य रहेकोे उक्त सहकारीले हालसम्म १ अर्ब, ९९ करोड, ६५ लाख, ३२ हजार ६९४ रुपैया बराबरको निक्षेप संकलन गरेको हो । जुन गत आर्थिक बर्षको तुलनामा १२.१२ प्रतिशतले बृद्धि भएको जनाएको छ । १अर्ब, ६३ करोड ३०लाख, १७ हजार, ४४८रुपैया ऋण लगानी गरेकोे सहकारीले गत बर्षको तुलनमा ७.४५ले बृद्धि गरेको छ ।

गत आर्थिक बर्ष ०८१/०८२मा कुल २९ंकरोड, ३३लाख, ८१ हजार ६०६रुपैया नाफा गरेको सहकारीले खर्च तथा कर्जा नोक्सानी व्यवस्थापन गरेर ३करोड, ७५ लाख, ९२ हजार ११७रुपैया शुद्ध नाफा गरेको छ । सहकारीले व्यवसायिक, कृषि, औद्योगिक, हाउजिङ्ग लगायतका उत्पादनका क्षेत्रमा लगानी गरेको हो । गत आर्थिक बर्ष ०८१/०८२ मा मात्रै सहकारीलेसरकारलाई समाजिक सुरक्षा, आयकर, व्यक्तिगत, अन्य, ब्याज, लाभाश, घर बहाल सहितका विभिन्न अन्य करहरु गरेर २करोड, १५ लाख, २३ हजार १७५रुपैया कर भुक्तानी गरेको छ ।

गत आर्थिक बर्षमा मात्रै सहकारीले ४ हजार, ६२० सदस्यकोे कर्जा बिमा गरेर ३२ लाख, ७० हजार ७५०रुपैया बराबरको आश्रित परिवारलाई क्षतिपूर्ति भुक्तानी गरेको छ ।‘एक घर एक सदस्य उदयदेव सहकारीसंग एव म पनि उदयदेव सहकारीको सदस्य’ अभियान अघि बढाउँदै हरेक सदस्यको शेयर पुँजी १०हजार पु¥याउने, प्रति व्यक्ति तीन लाख भन्दा बढि शेयर बढ्न नदिने नीति अघि सारेको छ । लेखा सुपरीवेक्षण समितिका संयोजक चित्राङ्ग थापाले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक बर्ष भन्दा ११करोड, ३२लाख, २७ हजार, ९५३रुपैयाले बृद्धि भई १अर्ब, ६३ करोड, ३०लाख, १७ हजार, ४४८रुपैया पुगेको उल्लेख गरिएको छ ।

अधिल्लो आर्थिक बर्ष ०७९/ ०८०मा १५.५०प्रतिशत शेयर लाभान्स वितरण गरिएको, प्राथमिक पुँकिो १० प्रतिशत भन्दा बढि हुने गरी एकै व्यक्तिलाई ऋण प्रवाह नगरेको, प्राथमिक पुँजि कोषको १६ गुणा भन्दा बढी हुने बचत पनि नगरेको जनाईएको छ । सहकारीका कोषाध्यक्ष शंकरदत्त भट्टले चालु आर्थिक बर्ष ०८२/०८३का लागि ३खर्ब, १करोड, २०लाख, १३ हजार, ७२६रुपैया बराबरको अनुमानित आय व्यव्यय प्रस्तुत गरिएका छन । सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले केन्द्रीय कार्यालय कञ्चनपुर महेन्द्रनगर रहेको र जिल्ला र जिल्ला बाहिर पनि शाखा मार्फत कारोबार भईरहेको बताए । उनका अनुसार महेन्द्रनगर शाखा सहित, दोधाराचाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा, बैतडीमा रहेका शाखा मार्फत कारोबार भईरहेको बताए ।

३करोड ७५ लाख नाफामा रहेको सहकारीले चालु आर्थिक बर्ष दशैँ अघि नै ७.७५प्रतिशत लाभान्स वितरण गरिने बताए । सहकारीले कृषि प्रर्बद्धन केन्द्र, कष्टम हायरिङ्ग सेन्टर, बीउबिजन प्रशोधन केन्द्र, राईस मिल संचालन गरेर सेवा प्रवाह गर्दै आएको बताए । प्रमुख कार्यकारी अधिकृत चन्दले सरकारले नीति, निर्देशन मात्रै दिने तर सहकारीलाई प्रर्बद्धन गर्न नसकेको गुनासो पोखेका छन । सहकारीका अध्यक्ष नारा जोशीले आगामी दिनहरुमा सदस्यहरुलाई छिटो, छरितो, स्तरिय प्रभावकारी सेवा प्रदान गरिने विश्वास व्यक्त गरेकी छिन ।

शेयर सदस्यहरुलाई मोवाईल बैंकिङ्ग, क्युआर कोड, एसएसएस, कोप कार्ड, ७ दिनभित्रै कर्जा लगानी, कुल कर्जाको ५० प्रतिशत उत्पादन तथा व्यवसायमा प्रर्बद्धन लगानी, भाखा नाघेका ऋण न्यूनिकरण जस्ता कार्यक्रम संचालन गरिने बताईन । लेखा परीक्षक सिए प्रकास दत्त भट्टले सहकारीले वित्तीय विवरणप्रतिको व्यवस्थापन शासनसंग जिम्मेबारी अनुरुप कामकाज गरेको बताए । कार्यक्रममा सहकारीका ऋण उपसमितिका सदस्य तथा सुपविका प्राध्यापक डा.प्रेमसिह भाटले सहकारीका बचतकर्ताहरुकोे योगदान उच्च रहेको भन्दै जनताप्रति उत्तरदायी भएर सहकारीले कामकाज गरेको बताए ।

नेपाल बार एसोसिएन उच्च अदालत महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र विष्टले अहिले राजनीतिक उथलपुथलको अवस्थामा सहकारीले चनाखो भएर कामकाज गर्नुपर्नेमा जोडदिएका छन । सहकारीका बचतर्ताहरुले सामुहिक ऋण प्रवाहमा ध्यान दिनुपर्ने सुझाव दिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहकारीका पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले जनताका लागि काम गर्ने सहकारीका लागि राज्यले वातावरण सृजना गर्नुपर्नेमा जोडदिए । उनले उदयदेब सहकारीले राज्यलाई एकै बर्षमा २करोड, १५लाख बढी कर तिर्दै आएको र समाजिक क्षेत्रमा समेथ थुप्रै काम गर्दै आएको जनाउँदै यस्ता सहकारीलाई प्रर्बद्धनमा जोडदिए । मंगलबार सहकारीले एक कार्यक्रममा विच २७औँ बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सधारण सभाबाट बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपपरवेक्षण समितिको प्रतिवेदन, चालु आर्थिक बर्षको बार्षिक बजेट, कार्यक्रम शेयर लाभान्स वितरण सहितका विवित निर्णय पारित गरिएका छन ।

ताजा समाचार