दोधारा । निड्स नेपाल र अक्सफाम नेपालको साँझेदारीमा सञ्चालित विपद् पुर्व तयारी दु्रत प्रतिकार्य पुर्नरलाभको लागी समुदायको सबलिकरण दोस्रो चरण अन्तर्गत दोधारा चाँदनी नगरपालिका– १० को शान्ती टोल र कुतियाकवर बस्तीमा विपद् व्यवस्थापन समितिहरुलाई व्यवसायिक योजना, बजारिकरण तथा जलवायूमैत्री कृषी सम्बन्धी कृषी तथा गैर कृषीमा आधारित व्यवसायिकहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको विपद् पुर्व तयारी दु्रत प्रतिकार्य पुर्नरलाभको लागी समुदायको सबलिकरण दोस्रो चरणको परियोजनाका सहजकर्ता रेनु विकले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर सामुदायीक विपद व्यवस्थापन समिति र लालिगुरास सामुदायिक बिपद व्यवस्थापन समितिका पदाधिकारी र समुदायका सदस्यहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । तालिममा ६४ जना बिपद व्यवस्थापन समितिका पदाधिकारी र समुदायका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । बजार योजना, उत्पादन योजना, खर्च योजना, माटोको उपचार गर्ने बिधी लगाएत बिषयमा अभिमुखिकरण गरिएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जन सम्बन्धी निड्स नेपाल र अक्सफाम नेपालको साँझेदारीमा सञ्चालित विपद् पुर्व तयारी दु्रत प्रतिकार्य पुर्नरलाभको लागी समुदायको सबलिकरण दोस्रो चरण बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको निड्स नेपालले जनाएको छ् ।

