कञ्चनपुर : भाद्र २३ गतेदेखि शुरु भएको भ्रष्टचार विरोधी जेनजी आन्दोलनमा १९ जना विद्यार्थीहरुलाई गोली प्रहार गरी मारिए पछि भाद्र २४ गतेदेखि उग्ररुप लिएको जेनजी आन्दोलन सत्ता परिर्वतन पछि सामान्य बन्दै गएको छ ।

आईतबार पुर्ण रुपमा बजार खुल्नुको साथै कञ्चनपुरका विद्यार्थी तथा समाजसेवीहरुले जेनजीको नाममा भएको आगजनी तथा फोहर सफाई गर्ने अभियान चलाएको छन् । कञ्चनपुरका विभिन्न स्थलमा सरसफाई गरिरहेका छन् । विहान ७ बजे देखि सरसफाई अभियान चलाएका विद्यार्थीहरुले अहिले बजारको विभिन्न स्थानमा जम्मा भएका फोहर सरसफाई गरिरहेका छन् ।

समाजसेवी तथा जेनजी ग्रुपका हेमराज भट्टले ‘जेनजीको नाम बदनाम गर्दै विभिन्न पार्टी संगठनका युवा तथा नेताहरुले विभिन्न स्थानमा आगलागी तथा तोडफोड गरेका छन् । हाम्रो कुनै पनि स्थान तोडफोड नगरी आन्दोलनमा एक वद्धता गर्दै प्रर्दशन गनेु रहेको थियो तर अराजक भीडले कञ्चनपुर तहस नहस गरिदियो ।’

व्यवसायी मनोज पाण्डेले ‘यस्तो हुनु थियो देशमा जनता लगायत युवाहरुले परिवर्तन चाहेका थिए, देशमा बढदै गएको व्यापक भ्रष्ट्रचार, निरकुंश शासन र बेथितीले चरम अवस्थाले यो आन्दोलन निमत्याएको हो, प्रधानमन्त्रीको राजिनामा सँगै बनेको नयाँ सरकारले अब देशमा सुशासन भ्रष्ट्रचार मुक्त र युवाहरुले खोजेको योजना अनुरुप देश अगाडी बढ्ने विश्वास लागेको बताए ।’
