काठमाडौ: देशले जेनजी आन्दोलनले परिवर्तनको संघारमा नयाँ मोड लिएको यो समयमा एकाएक सपथ ग्रहण पश्चात् नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्।

प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

