कञ्चनपुर : जेनजी आन्दोलनकारीले कञ्चनपुरमा तीन राजनीतिक दलका पाटी कार्यालयमा तोडफोड, आगजनी गरेर ध्वस्त पारिदिएका छन । सत्ताधारी काँग्रेस, एमाले नेतृत्वको सरकारले समाजिक सञ्जाल माथी रोक लगाएको र प्रमुख प्रतिपक्षीय दलले त्यसलाई संसदबाट प्रतिकार गर्न नसकेको आरोप लगाउँदै जेनजी आन्दोलन समुहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी पाटी कार्यालयमा आगजनी तोडफोड गरिदिएका हुन ।

आन्दोलनकारीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर काँग्रेस जिल्ला पाटी कार्यालय र दोधाराचाँदनी नगर पाटी कार्यालयमा समेत आगजनी गरिदिएका छन । एमाले पाटी कार्यालयमा दुई पटक र माओवादी पाटी कार्यालयमा एक पटक गरेर तोडफोड गर्दै आगजनी गरेर काम नलाग्ने बनाईदिएका छन । अब पाटी कार्यालय संचालन गर्न समेत तीनै दलहरुलाई समस्या भएको छ । तीनै दलहरुले भ्रष्टाचार र समाजिक सञ्जाल बन्द बिरुद्ध जेनजीले गरेको आन्दोलनमा अन्य प्रतिकृयावादी समुहले घुसपैठ गराएर हिन्सात्मक काम गरेको बताएका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले विपिको सालिक सहित जिल्ला र नगर पाटी कार्यालयमा रहेका आवश्यक कागजात, कुलर, दराज, फ्रिज, ईन्टरनेट, एसी, फर्निचर सहितका टेबुलमा आगजनी गरेर खरानी बनाईदिएको बताए । एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले पनि जेनजी आन्दोलनकारीको नाममा अर्को समुहले पाटी कार्यालमा एक पटक होईन पटक पटक आएर आगजनी गरेर विध्वङ मच्चाएको बताए । उपाध्यक्ष अवस्थीका अनुसार पदाधिकारीदेखि बैठक बस्ने हलका फर्निचर, कागजात, कम्प्युटर, प्रिन्टिर, टेबुल, दराज, कुर्सी लगायतको फर्निचर, पङखा सहितका समाग्रीमा आगजनी गरिएको छ ।

माओवादी केन्द्र कञ्चनपुरका नेता आनन्द सिह धामीले आगजनी तोडफोडबाट कार्यालयका कागजपत्र, कम्प्युटर, प्रिन्टिर, टेबुल, दराज, कुर्सी लगायतको फर्निचर, पङखा सहितका समाग्री जलेर पूर्ण नष्ट भएको बताए । प्रहरीले मुचुक्का संकलन गरेपछि मात्रै सरसफाई गने दलहरुले जनाएका छन । जिल्लाका अन्य दलहरुका समेत पाटी कार्यालय रहेको तर, सत्ता र प्रमुख प्रतिपक्षीय दलका मात्रै पाटी कार्यालय आन्दोलनकारीको निसाना बनेपछि थप राजनीतिक बृतमा शंका उब्जाएको छ । के यो देशमा बिग्रीनुमा काँग्रेस, एमाले, माओवादीको मात्रै भुमिका हो त भन्दै नागरिक तहमा समेत बहस भईरहेको छ ।
देशमा निरन्तर राजनीतिक उपलब्धी पञ्चदेखि गणतन्त्रवादी पाटी सकृय हुँदा समेत जनताको आर्थिक, समाजिक, साँस्कृतिक अवस्स्था जस्ताको तेस्तै रहेको आक्र्रोस रहेको छ । २३ भदौँ सोमबार काठमाण्डौँमा भ्रष्टाचार र समाजिक सञ्जाल बिरुद्धमा भएको आन्दोलनमा प्रहरी निहत्या नागरिकको हत्या गरेको बिरोधमा २४ भदौँ मंगलबार कञ्चनपुरमा भएको जेनजी युवा विद्यार्थी आन्दोलनकारीले दलका कार्यालय, जनप्रतिनिधी, प्रदेश, संघीय सरकारका सांसद,मन्त्रीका निजी घर सम्पत्तीमा आगजनी गरेर ठुलो क्षति पु¥याएका छन ।
