माओवादी केन्द्र शुक्लाफाँटाको अध्यक्षमा धामी

कञ्चनपुर : नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगरको अध्यक्षमा जिवन धामी चयन भएका छन । माओवादी केन्द्र शुक्लाफाँटा नगरको दोस्रो भेलाबाट अध्यक्षमा धामी सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्ष शिवि लुहार, आशिष चौधरी, दिपेन्द्र जैरु, सचिव तिलक जप्रेल , सहसचिव देवदत्त भट्ट र कोषाध्यक्ष कलावती लुहार रहेका छन ।

माओवादी केन्द्र शुक्लाफाँटा नगरको अध्यक्षमा चयन भएका युवा नेता जिवन धामीले नगरमा हुने बेथिति बिरुद्धमा संघर्षदेखि जनहितका काम गर्ने प्रतिज्ञा गरेका छन ।

ताजा समाचार

spot_img