कञ्चनपुरका ९ वटा विद्यालयलाई फुटबल हस्तान्तरण

फुटबल बिकासका लागि कञ्चनपुरमा फिफा फोर स्कुल फुटबल कार्यक्रम सुरु

कञ्चनपुर:सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा फुटबल बिकासका लागि फिफा फुटबल फोर स्कुल  कार्यक्रमको सुरुवात संगै विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं.- १० मा रहेको लालझाडी युवा क्लब -११ को खेलमैदान फुटबल बिकासका लागि एक कार्यक्रमका साथ फिफा फोर स्कुल कार्यक्रम अन्तर्गत छनौटमा परेका कञ्चनपुर जिल्लाका ९ वटा विद्यालयलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतको कार्यसमितिले विद्यालयलाई फुटबल हस्तान्तरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

फुटबल बिकासका लागी विद्यालयको क्षेत्र बाट अगाडि बढाउने उद्देश्यले यूनेशको आर्थिक सहयोगमा फिफाले विद्यालय बाट फुटबल लाई बिकास संगै बिस्तार गर्नका लागी १४ वर्ष मुनिका विद्यार्थीहरु लाई मध्यनजर गर्दै ७७ जिल्लामै फिफा फोर स्कुल कार्यक्रम सञ्चालन गर्न लागेको एन्फा केन्द्रीय अध्यक्ष नेम्वाङले बताउनु भयो। कार्यक्रममा बोल्दै छनौटमा परेका विद्यालयलाई शुभकामना दिनुका साथै फुटबल बिकासमा समेत विशेष रुपमा टेवा पुग्ने छ।

कार्यक्रमका सभापतित्व कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका (एन्फा) केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ रहनु भएको थियो। भने उक्त कार्यक्रममा एन्फा केन्द्रीय उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, केन्द्रीय सदस्य बिकास नारायण श्रेष्ठ, मणिराज बिष्ट, पुरुष्तम थापा र सरिला श्रेष्ठ, सुदूरपश्चिम प्रदेश फुटबल संघ अध्यक्ष दिनेश श्रेष्ठ कैलाली जिल्ला फुटबल संघ अध्यक्ष अनिल मल्ल सुदूरपश्चिम फुटबल संघ,कञ्चनपुर जिल्ला फुटबल संघ र कैलाली जिल्ला फुटबल संघका कार्यसमिति पदाधिकारी, फुटबल खेलप्रेमि लालझाडी युवा क्लब-११ का कार्यसमितिको उपस्थिति रहेको थियो।

ताजा समाचार